भेरी अस्पतालको मेडिकल स्टोरमा भएको आगलागी को कारण रहस्यमय ।

समाचार

नेपालगन्ज : गत शनिबार बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालको हाता भित्र रहेको मेडिकल स्टोरमा आगलागी भएको थियो, उक्त आगलागी यसकारण रहस्यमय हुनसक्ने स्थानीयहरुले बताएका छन् ।

प्रत्येक शनिबार बन्द रहने मेडिकल स्टोर उक्त दिन के कति कारणले खोलिएको हो यसको जवाफ अहिलेसम्म बाहिर आएको छैन । यदि काम विशेषले खोलिएको हो भने सोही दिन आगलागी हुदा मेडिकल स्टोरका इन्चार्ज किन त्यहाँ उपस्थित नभएको ? आगलागी भएको समयमा त्यहाँ भित्र रहेका कर्मचारीहरु के हेरेर बसेका थिए ? मेडिकल स्टोरमा सि.सि. टिभी लगाइएको छकि नाइँ ? यदि लगाइएको छ भने त्यो चालु अवस्था थियो वा थिएन ? यस्ता यस्तै थुप्रै कुराहरू आम सर्वसाधारणको मनमनमा उब्जिएको छ ।

करोडौंको कार‍ोवार हुने उक्त मेडिकल स्टोरमा काम गर्नका लागि ठूलै सोर्स लगाएर आउने गर्ने गरेको स्थानीयले बताए । अहिले उक्त आगलागी घटनाको बारेमा छानबिन समिति गठन गरिएको छ अब उक्त समितिले ल्याएको रिपोर्ट हेर्न बाकी रहेको छ । छानबिन समितिले सुक्ष्म तरिकाले आफ्नो काम सुरु गरेको समितिका एक सदस्यले नागरिक धारलाइ बताए । हामीले विज्ञ सहितको टिमलाई सहयोग मागेका छौं उक्त घटनाको गहिराइमा गएर अनुसन्धान गरिरहेका छौँ केही समय हामीलाई काम गर्न दिनुस् उनले बताए ।

स्थानीयहरुले उक्त स्टोरमा मेडिसिन खरिद गर्दा टेण्डर प्रक्रियामा गरिएको छ कि छैन ? त्यहाँका औसधिको मिति कतिसम्म रहेको थियो यावत् कुराहरू अलि शंकास्पद रहेको बताए । त्यहाँ भित्रका कर्मचारीहरुको मिलोमतो भयो भने नजिकै वा डेट एक्स्पाएर मेडिसिन त्यहाँ राखिदिने र डेट रहेको मेडिसिन बाहिर लगेर पसलमा बेच्न सक्ने सम्भावना रहेको स्थानीयले बताए । अर्को कुरा त त्यहाँको स्टोरको बीमा गरिएको छ कि छैन ? यस्तै थुप्रै जिज्ञासा सबैको मनमनमा उब्जिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *