प्याबसन बाँके द्वारा लेखा सम्बन्धी एक दिने अभिमुखिकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न

समाचार

नेपालगन्ज जेठ ९ — निजी तथा आवासीय विद्यालय संगठन (प्याबसन) बाकेको आयोजनामा लेखा सम्बन्धी एकदिने अभिमुखिकरण कार्यक्रम शुक्रबार नेपालगञ्जमा सम्पन्न भएको छ। कार्यक्रमले विद्यालय लेखा प्रणालीलाई थप पारदर्शी, व्यवस्थित र कानुनीरूपमा मजबुत बनाउने उद्देश्यसहित सञ्चालन गरिएको थियो।

कार्यक्रमको अध्यक्षता प्याबसन बाकेका उपाध्यक्ष श्री महेन्द्र शर्माले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेश प्याबसनका सल्लाहकार श्री ऋशीकेश जीशी अन्य अतिथिहरूमा कार्यक्रम संयोजक श्री गणेश आचार्य, प्याबसनका सक्रिय सदस्यहरू श्री प्रवीण गिरी र श्री नरेन्द्र झा रहनुभएको थियो।

कार्यक्रमका मुख्य प्रशिक्षक चार्टर्ड एकाउन्टेन्ट (सीए) सागर अधिकारीले नेपालको कर प्रणाली, एनएफआरएस (Nepal Financial Reporting Standard) श्रोतमा करकटी (TDS) लगायतका महत्वपूर्ण विषयमा लेखापाल तथा विद्यालय प्रतिनिधिहरूलाई व्यावहारिक प्रशिक्षण दिनुभएको थियो।

प्रशिक्षणका क्रममा विद्यालयमा लेखा व्यवस्थापन गर्दा अपनाउनु पर्ने कानुनी मापदण्ड, करसम्बन्धी दायित्व र सही लेखा अभिलेखनका उपायहरूबारे विस्तृत रूपमा जानकारी दिइएको थियो। सहभागीहरूले यस्तो कार्यक्रमले आफ्ना जिम्मेवारी अझ स्पष्ट र प्रभावकारी रूपमा वहन गर्न सहयोग पुगेको प्रतिक्रिया दिएका छन्।

कार्यक्रममा बाके जिल्लाका दर्जनौं निजी तथा आवासीय विद्यालयका लेखापाल तथा व्यवस्थापकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *