अधिवत्ता बिस्नु प्रसाद पोख्रेल नेपालगन्ज, : काठमाडौं महानगरका सुरक्षा प्रमुखको निलम्बन भएको छ। तीनदिन, सातदिन होइन छ-छ महिना ! हो काठमाडौं महानगरीय प्रहरीले ससाना पसल ठेला व्यवसायी माथि ज्यादती गरेकै हो, कार्यकारी अधिकृत आउदा रुकावट पनि गरेको हो, अनुमति नपाएका संरचना पनि भत्काएको हो । तर यी लगायत सबै कार्य महानगर प्रहरीले आदेशको परिपालन गर्न गरेको हो । आदेश दिने पदाधिकारी वा मेयर उपमेयर गलत हुन भने कानुनी कारबाही गरे हुन्छ, तर आज्ञा पालक नगर-सेवकलाई आदेशको मर्यादाको पालना गर्दा गरेको कार्यमा कारबाही सुहाउँदैन !
एउटा महानगर भित्रको सुरक्षा संयन्त्रले ट्रेड युनियनको साथ पाएन होला, उ प्रति राजनैतिक समर्थन पनि कमजोर होला तर आदेशको पालना गर्नु सुशासनको पक्षमा लाग्नु हो, तसर्थ त्यही आदेश पालना किन गरिस भनेर लान्छना लाउने र छ-छ महिना निलम्बन गर्ने तरिका कानुनी शासन भित्र पर्न सक्दैन ।
निलम्बित कर्मचारी कै शब्दमा “शान्ति सुरक्षा कायम रहोस्, कुनै तोडफोड नहोस् भन्ने हिसाबले महानगर प्रमुखज्यूको आदेश पालना गर्दा निलम्बनमा परेँ। म कसैलाई दोष दिन चाहन्न, जनताको विश्वासमा काम गरेको छु भन्ने आत्मविश्वास छ ।”
अब जनता त खै भेडा हेर्न गएका छन कि झोला बोक्न थाहा भएन तर एउटा कामदारको अपमान भयो, कर्तव्य र आदेश पालकको हार भयो, कानुनी उपचारको प्रश्न उठ्यो, यता कस्ले मनन गर्ने ?