आगामी ३ दिनसम्म भारी बर्षाको संभावना

नेपालगन्ज असार २१ गते।देशैभरि आज शुक्रबारदेखि आगामी तीन दिनसम्म हल्कादेखि भारी वर्षाको सम्भावना रहेको भन्दै सावधान रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । बिहिबार तीन दिने मौसम बुलेटिन सार्वजनिक गर्दै महाशाखाले आज शुक्रबारदेखि आइतबारसम्म देशका अधिकांश स्थानमा हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको हो । विभागले लुम्बिनी प्रदेशका रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, […]

पुरा पढनुहोस

बाढीले कैलानीको भजनी जलमग्न

कैलाली असार २१ गते। कैलालीको भजनी नगरपालिकास्थित कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिएका छन् । बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले बताए । चौधरीले भने, ‘वडा […]

पुरा पढनुहोस

शेयर बजारमा लाग्यो दोस्रो सर्किट, ४० मिनेटका लागि बजार बन्द 

काठमाडौँ असार १८ गते। नेप्से परिसूचक ५ प्रतिशतले बढेर दोस्रो सकरात्मक सर्किट ब्रेक लागेको छ। अब ४० मिनेटका लागि शेयर बजार बन्द भएको छ ।पहिलो सर्किट ब्रेक लागेर खुलेको अर्को एक मिनेटमै बजारमा दोस्रो सर्किट ब्रेक लागेको हो । यो समयसम्म नेप्से १०२.६८ अंकले बढेको छ । बजारमा एक घण्टा नबित्दै ४ प्रतिशतले मूल्य बढे २० […]

पुरा पढनुहोस

एसईईको ग्रेडवृद्धि परीक्षाको तालिका सार्वजनिक

काठमाडौँ असार १८ गते । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले २०८० सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को पूरक परीक्षा (ग्रेडवृद्धि) को समय तालिका सार्वजनिक गरेको छ । बोर्डले आज सूचना जारी गर्दै २०८० साल चैत्र १५ गतेदेखि सञ्चालन भएको एसइईमा नियमित परीक्षार्थीको रुपमा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुपस्थित भएका सबै […]

पुरा पढनुहोस

समर्थन फिर्ता लीएको जानकारी दिन ओली बालुवाटारमा

काठमाडौँ असार १८ गते। नेकपा एमालेका अध्यक्ष प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।कांग्रेससँग गएराति सहमति भएसँगै नयाँ सत्ता समीकरणबारे प्रचण्डलाई जानकारी दिन ओली बालुवाटार गएका हुन् ।भेटका क्रममा ओलीले प्रधानमन्त्री दाहाललाई पदबाट राजीनामा दिएर मार्ग प्रशस्त गर्न आग्रह गर्ने एमालेले जनाएको छ । यसअघि हिजो पनि ओलीले प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए […]

पुरा पढनुहोस

राष्ट्रिय राजनीतिमा बबण्डर एमाले-कांग्रेसको सरकार बन्दै ओली प्रधानमन्त्री

काठमाडौँ असार १८ गते। नेपालको राष्ट्रिय राजनितीमा पुन एकपटक हलचल भएको छ नेपाली कांग्रेस र नेकपा एमाले मिलेर नयाँ सरकार बनाउने सहमति हिजो मध्यरातमा भएको छ। एमालेले अर्थसहित ९ वटा मन्त्रालय र कांग्रेसले गृहसहित १० वटा मन्त्रालय लिने सहमति भए संगै रास्वपाको अबको बाटो भने नीकै जटिल देखिन्छ । कांग्रेस-एमाले समझदारीको प्रारम्भिक मस्याैदा : १.ओली […]

पुरा पढनुहोस

नागरिक उन्मुक्ति पार्टीमा वार की पार को लडाइ

नेपालगन्ज असार १७ गते। नागरिक उन्मुक्ति पार्टीको प्रदेशमा देखिएको विवाद अब केन्द्रमा छताछुल्ल भएको छ । पार्टीका बहुमत सांसदले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएका छन् । आइतबार बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन […]

पुरा पढनुहोस

‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम यसै शैक्षिक सत्रदेखि नै कार्यान्वयन हुने

नेपालगन्ज असार १७ गते। नेपालगन्ज उपमहानगरपालिकाले ‘मेरो नेपालगन्ज’ स्थानीय पाठ्यक्रम निर्माण गरी कार्यान्वयनमा ल्याएको छ । स्थानीय आवश्यकता र प्राथमिकताका विषयवस्तु समावेश गरी बनाइएको पाठ्यक्रम चालु शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइएको हो । नेपालगन्जको स्थानीय भाषा, कला, संस्कृति, उद्योग, व्यवसाय, पर्यटन, वातावरण, धार्मिक स्थल, गौरवमय स्तम्भलगायत विषयवस्तु पाठ्यक्रममा समेटिएको उपमहानगरका शिक्षा, युवा तथा खेलकुद शाखाका शाखा […]

पुरा पढनुहोस

कोहलपुर नगरपालिकाको आ. ब २०८१/८२ का लागि १ अर्ब ५ करोडको बजेट

नेपालगंज असार १० गते। कोहलपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि १ अर्ब ५ करोड ९ लाख २७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ। नगर प्रमुख पूर्णप्रसाद आचार्यको अध्यक्षतामा सोमबार भएको १५ औं अधिवेशनमा नगर उप-प्रमुख संगिता सुबेदीले सो बजेट प्रस्तुत गरेकी हुन् । नेपाल सरकारबाट प्राप्त हुने संघीय समानीकरण अनुदान १८ करोड ९६ […]

पुरा पढनुहोस

नेपालगन्ज उपमहानगरपालिका द्वारा आ. ब ०८१/८२ का लागि एक अर्ब ५० करोड ३८ लाख को बजेट प्रस्तुत

नेपालगंज असार १० गते। नेपालगन्ज उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/ ८२ का लागि एक अर्ब ५० करोड ३८ लाख ८६ हजार एक रुपैंयाको आयव्यय प्रस्तुत गरेको छ । सोमबार भएको १५औं नगर सभामा नगर उपप्रमुख कमरुद्दिन राईले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेका हुन्। प्रस्तावित बजेटमा आम्दानीतर्फ सशर्त अनुदान (संघ) तर्फ ६१ करोड […]

पुरा पढनुहोस