प्रतिनिधि सभा बैठक ४:३० बजे बस्दै

काठमाडौँ जेठ ६ गते। निरन्तर अबरुद्ध संसद खुलाउन र सहकारी विषयमा छानबिन गर्न संसदीय समिति बनाउने विषयमा दलका शीर्ष नेतामा शनिबार सहमति भएअनुसार आइतबार कार्यदलको बैठकले टिओआर बनाउने गृहकार्यमा जुटेकाले आज बिहान ११ बजे र दिउसो २ बजे बस्ने भनिएको संसद बैठकको समय सारिएको सभामुखको सचिवालयले जानकारी गराएको छ।

पुरा पढनुहोस

आर्थिक वर्ष (२०८०/८१) को नौ महिनामा लागुऔषध ओसारपसार गर्ने २०६ जना पक्राउ

नेपालगंज जेठ ६ गते। भारतसँग खुल्ला सीमा जोडिएका कारण बाँकेमा लागुऔषधको ओसारपसार, कारोबार तथा सेवनकर्ता वृद्धि हुँदै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता, डिएसपी नारायण डाँगीले चालु आर्थिक वर्ष (२०८०/८१) को नौ महिनामा लागुऔषधका १३० मुद्दा दर्ता भएको जानकारी दिँदै ती मुद्दामा २०६ जनालाई पक्राउ गरिएको बताए  । जिल्ला प्रहरी कार्यालय बाँकेको तथ्याङ्क […]

पुरा पढनुहोस

रोकिएन नदीजन्य पदार्थको अवैध उत्खनन

नेपालगंज जेठ ३ गते। बाँकेको राप्ती नदीमा अवैधरुपमा नदीजन्य पदार्थको उत्खनन गर्नेक्रम रोकिएको छैन । राप्ती सोनारी गाउँपालिकाका विभिन्न घाटबाट नदीजन्य पदार्थको चोरी निकासी भइरहेको छ । नदीजन्य पदार्थको अवैध दोहनलाई नियन्त्रण गर्ने प्रयासस्वरुप जिल्ला प्रहरी कार्यालयले अवैधरुपमा उत्खननमा प्रयोग भएका स्काभेटर, टिपर र ट्याक्टर नियन्त्रणमा लिएको छ ।  दुई स्काभेटर, नौ टिपर र दुई […]

पुरा पढनुहोस

जीप दुर्घटनामा दुई जनाको मृत्यु, तेह्र घाइते

पाल्पा जेठ ३ गते। पाल्पाको निस्दी गाउँपालिका–४ मतियारडाँडास्थित भित्री सडकमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दुर्घटनामा निस्दी–४ मित्याल बेलखरका राजीव सुनारी र निस्दी–४ मित्याल घ्याङसिबासका तेजन सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठले बताए ।   दुर्घटनामा सात वर्षीय सुनारी र १६ वर्षीय सोमैको उपचारको क्रममा […]

पुरा पढनुहोस

प्रहरीको फन्दामा-मोटरसाइकल चोरी गर्ने गिरोह

नेपालगन्ज, वैशाख ३० गते । जिल्ला प्रहरी कार्यालय बाँकेले लामो समयदेखि मोटरसाइकल चोरी गर्ने एक गिरोहलाई पक्राउ गरेको छ । गत केही समययता नेपालगन्ज र सो वरिपरिका स्थानहरूबाट बारम्बार मोटरसाइकलहरू चोरी हुन थालेपछि प्रहरीले विशेष टोली परिचालन गरेर सो बारेमा खोजी कार्य जारी राखेको थियो ।  मोटरसाइकल चोरी गर्ने चार जनालाई मोटरसाइकल सहित पक्राउ गरिएको जिल्ला […]

पुरा पढनुहोस

मधेश सरकारबाट एमाले र माओवादी केन्द्र बाहिरियो

जनकपुरधाम, वैशाख ३० गते। नेकपा एमाले र माओवादी केन्द्रले मधेश सरकारबाट राजीनामा दिएको छ । एमालेबाट मधेश सरकारका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन् । यसअघि आज नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले […]

पुरा पढनुहोस

संसदीय छानबिन समिति : प्रतिपक्षी लाइ सधै चाहिने तर सत्तापक्ष हुदा सुन्ने नसक्ने

काठमाडौं : यतिबेला संसदीय छानबिन समिति बनाउनु पर्छ र बनाउनु हुँदैनको बहस चर्को छ। गृहमन्त्री रवि लामिछानेमाथि सहकारीको रकम अपचलन आरोपमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गरिरहेको छ, सत्ता गठबन्धन त्यो मान्न तयार छैन। यसले संसदको नियमिततामै गतिरोध ल्याएको छ। खास प्रकारका घटना, विवाद र बहसबीच समितिहरू गठन भइआएका हुन्। समिति […]

पुरा पढनुहोस

बाँके अटोमोबाइल्स एसोसिएशन द्वारा भित्तेपात्रो बिमोचन तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपालगंज: बाँके अटोमोबाइल्स एसोसिएशन बाँकेले नयाँ बर्ष २०८१ सालको भित्तेपात्रो बिमोचन तथा सुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । जानकी गाउँपालिका -६, गनापुरमा रहेको नमस्ते रिसोर्टमा एसोसिएशनका अध्यक्ष नरेन्द्र बहादुर ओलीको अध्यक्षता , प्रमुख अतिथि जानकी गाउँपालिकाका अध्यक्ष छाब्बन खाँ, विशिष्ट अथिति नेपालगंज उद्योग बाणिज्य संघका अध्यक्ष टंक बहादुर धामी, एसोसिएशनका कार्यसमिति सदस्य हरु, […]

पुरा पढनुहोस

अनलाइन जुवा खेलाउने १५ जना जुवाडे बाँके प्रहरीको फन्दामा

नेपालगंज: बाँके प्रहरीले नेपालगन्ज उपमहानगरपालिका-१, अयुब हल्वाईको घर बाट बर्दियाका बिराज पौडेल, सास्वन पाठक, खजुराका ईश्वर राणा, टोप ब.थापा, मोरङका ईसाक लिम्बु, सुदेश राई, रोसन दनुवार, खोटाङ्गका प्रविण राई, इलामका पर्शुराम दर्जी, सिराहका राकेश कुमार यादब, पर्साका सुरेन्द्र चौधरी, उदयपुरका भास्कर मगर, रुकुम पश्चिमका दिपेन्द्र के.सी., गोर्खाका रुपक कोइराला, पर्वतका सुन्दर राणा लाइ अनलाइन जुवा […]

पुरा पढनुहोस

युद्ध प्रभावित क्षेत्र इजरायलमा रहेका नपाली श्रमिकको बारेमा श्रममन्त्री अर्यालद्धारा चासाे व्यक्त

काठमाडौँ : श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोल प्रसाद अर्यालले युद्ध प्रभावित क्षेत्र इजरायलमा रहेको नेपाली श्रमिकको बिषयमा चासो व्यक्त गरेका छन् । आइतबार विहान देखि इरानले इजरायलको राजधानी तेल अविव लगायतका क्षेत्रमा ड्रोन आक्रमण गरेपछि श्रममन्त्री अर्यालले नेपाली श्रमिकको सुरक्षाको बिषयमा चासो व्यक्त गरेका हुन। श्रममन्त्री अर्यालले इजरायलका लागि नेपाली राजदूत कान्ता रिजालसँग […]

पुरा पढनुहोस