अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ । न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।​ द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि २०७३ जेठ १२ गते प्रचण्डविरुद्ध मुद्दा दर्ता गरिएको थियो । गोरखाका […]

पुरा पढनुहोस

प्रहरीको गोलि लागि ३० बर्षिय युवा को मृत्यु।

सर्लाही: सर्लाहीको बरहथवा नगरपालिकामा भएको प्रदर्शन नियन्त्रणका लागि प्रहरीले गोली चलाएको छ । स्वास्थ्य संस्था स्तरोन्नतिसम्बन्धी विवादमा नेपाली कांग्रेसका कार्याकर्ताले प्रदर्शन गरेका थिए । प्रदर्शनकारीहरूले मेयर कल्पनाकुमारी कटुवालको घरमा आगजनीको प्रयास गरेपछि प्रहरीले गोली चलाएको हो ।प्रहरीले अश्रुग्याससहित गोली प्रहार गर्दा गोली लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बरहथवा–५ का जयशंकर शाह […]

पुरा पढनुहोस

उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रीद्वारा नेपालगन्ज नाका र भन्सार अनुगमन

सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रमेशसिंह धामीले नेपालगन्ज जमुनाहा नाका र भन्सार कार्यालयको अनुगमन गरेका छन ।  बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी सुभाषचन्द्र बोहोरा, सशस्त्र प्रहरी बल ३० नम्बर गण बागेश्वरी बाँकेका प्रमुख एसपी रमेशविक्रम शाही र नेपालगन्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष धामी र […]

पुरा पढनुहोस

सरकार द्वारा रुस र युक्रेनका लागि श्रम स्वीकृतिमा रोक

रुस र युक्रेन बीच भइरहेको युद्दका कारण रोजगारी को लागि दुबै देश हालको लागि उपयुक्त नभएको भन्दै सरकारले युद्धग्रस्त देश रुस र युक्रेनका लागि दिँदै आएको श्रम स्वीकृतिमा रोक लगाएको छ । रुस–युक्रेनबीच युद्ध भइरहेकाले तत्कालका लागि वैदेशिक रोजगारीका लागि दिँदै आएको संस्थागत वा व्यक्तिगत श्रम स्वीकृति अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको वैदेशिक रोजगार […]

पुरा पढनुहोस

प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दियाको बढैयाताल गाउँपालिका वडा नम्बर ६ मैनापोखरमा रहेको इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी नायब निरीक्षक (सई) पवन साउदविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता गरेको छ । लागू औषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा उनी गत मंसिर १२ गते रंगेहात अख्तियारको फन्दामा परेका थिए । प्रहरी नायब निरीक्षक […]

पुरा पढनुहोस

घटनाको वास्तविकता प्रहरी, प्रशासनले लुकाएको भन्दै पिडित पक्षको प्रदर्शन

नेपालगंज: अंग्रेजी नयाँ बर्ष सुरु भएकै राति नेपालगंज कारकाँदोस्थित सु.प्र.प्र ०१-००१ प ३४६४ नम्बरको स्कारपीयोले ठक्कर दिदा पैदल यात्री २२ बर्षिया आस्था शाह र मायाँ राम चौधरी को मृत्यु एबम २४ बर्षिया साहना शाह घाइते भएको घटनामा प्रहरीले घटना लुकाउन र वास्तविक घटना घटाउने अभियुक्त बचाउन खोजेको भन्दै पिडित पक्षले दुर्घटनास्थल मै आई प्रदर्शन गरेका […]

पुरा पढनुहोस

दश वर्षमा १० हजार मेगावाट बिजुली निर्यातसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर

नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्नुभएको हो । आगामी १० वर्षमा १० हजार मेगावाट बिजुली निर्यात गर्ने पूर्वसहमतिले आजको हस्ताक्षरसँगै सार्थकता पाएको हो । बिजुली निर्यातसम्बन्धी द्विपक्षीय सहमतिपत्रमा नेपालका तर्फबाट ऊर्जा, जलस्रोत […]

पुरा पढनुहोस

हतकडीसहित जिल्ला अदालत काठमाडौं परिसरबाट फरार भएका थुनुवा पक्राउ

जिल्ला अदालत काठमाडौं परिसरबाट बुधबार दिउँसो हतकडीसहित  फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ।फरार भएका थुनुवा विमल खड्कालाई आज बिहान प्रहरीको टोलीले भक्तपुरको दुवाकोटबाट लुकेर बसिरहेको बेला पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ। ठगी मुद्दामा जेल चलान भएका खड्कालाई महाराजगन्ज प्रहरी वृत्तमा परेको मुद्दामा अदालत लगेका बेला  प्रहरी टोलीलाई छ्क्याउँदै हत्कडीसहित  फरार […]

पुरा पढनुहोस

अदालतको अबहेलना मुद्दामा प्रधानमन्त्री बिरुद्ध सर्बोच्च को कारण देखाऊ आदेश

सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लगायत सरोकारवाला मन्त्रीहरूविरुद्ध परेको अवहेलना मुद्दामा कारण देखाऊ आदेश जारी गरेको छ। न्यायाधीश बालकृष्ण ढकालको एकल इजलासले सर्वोच्च अदालतले यस अघि गरेको फैसला कार्यान्वयन किन नगरेको भन्ने विषयमा प्रधानमन्त्री लगायत सबै विपक्षीलाई आज कारण सोधेको हो। सर्वोच्चको यो आदेशसँगै प्रधानमन्त्रीले १५ दिनभित्र फैसला कार्यान्वयन नगर्नुको कारण लिखित रूपमा दिनुपर्नेछ। […]

पुरा पढनुहोस

१६ वटा देशका महिला प्रतिष्पर्धीहरूलाई पछि पार्दै वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ नेपालकी दीपा बिष्ट

मोरङको सुन्दरहरैंचा–११ की दीपा बिष्टले ९० केजीको तौल उचालेर गोल्ड मेडल जिती नेपालको नाम विश्वमा चिनाउन सफल भएकी छन् ।१० औं वर्ल्ड स्ट्रेन्थलिफ्टिङ एण्ड इन्क्लाइन बेन्च प्रेस (आइबीपी) च्याम्पियनसिपमा सबैभन्दा धेरै तौल उचालेर ‘वर्ल्ड स्ट्रोङगेस्ट वुमन’ टाइटलसहित गोल्ड मेडल जित्ने दुई जना खेलाडीलाई सम्मान गरिएको छ । मोरङ स्ट्रेन्थलिफ्टिङले मंगलबार विराटनगरमा एक कार्यक्रमको आयोजना गरी […]

पुरा पढनुहोस