४० प्रतिशत सांसद र केन्द्रीय सदस्य भए दल विभाजन गर्न सकिने विधेयक संसदमा पेस गर्दै सरकार

सरकारले कुनै पनि राजनीतिक दल विभाजन गर्न ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद आवश्यक हुने व्यवस्था सहितको विधेयक संसदमा पेस गर्ने भएको छ।राजनीतिक दलसम्बन्धी ऐन २०७३ मा संशोधन गरेर सरकारले यस्तो व्यवस्था गर्न लागेको हो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले २०७८ भदौ १ गते २० प्रतिशत सांसद वा २० प्रतिशत केन्द्रीय सदस्य मात्रले पनि दल विभाजन […]

पुरा पढनुहोस

टिकट काट्ने विषयमा यातायात व्यवसायीबीच झड्प-सवारी साधन ठप्प

सुर्खेत: दुई यातायात प्रालिका कर्मचारीबीच सुर्खेतको वीरेन्द्रनगर सिटी बसपार्कमा टिकट काट्ने विषयमा झडप भएको छ । बुलबुले गेट नजिकै रहेको काउन्टरमा टिकट काटिरहेका बेला ‘भिजिट कर्णाली यातायात’ प्रालिका कर्मचारी र संयुक्त यातायात व्यवसायी बीच हात हालाहाल भएको हो। दुई समूहको झड्पपछि रत्न राजमार्गमा चल्ने साना तथा ठूला सवारीसाधन ठप्प भएका छन् । घटनास्थलमा ठूलो संख्यामा […]

पुरा पढनुहोस

छैठौें नेपाल एग्रीटेक माघ १२ देखि १४ गते सम्म काठमाडौँको भृकुटीमण्डपमा

काठमाडौँ : कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले Media Space Solutions Pvt. Ltd., Futurex Trade Fair and Events Pvt. Ltd., तथा Exhibitions & Trade Services India Pvt. Ltd. ले संयुक्त रुपमा कृषि सम्बन्धी बृहत अन्र्तराष्ट्रिय प्रर्दशनी “छैठौें नेपाल एग्रीटेक” (6th Nepal Agritech International Expo) यही २०८० माघ १२, १३ र १४ गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना गर्ने भएको छ […]

पुरा पढनुहोस

जनप्रतिनिधिको बहिष्कारले डुडुवा गाउँपालिकाको गाउँसभा स्थगित

नेपालगंज: बाँकेको डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले योजना बाडफाड मा विभेद, आयब्ययमा अपारदर्शी , खाजा, इन्धन, बिद्यालयको दिवाखाजा, कर्मचारी भर्नालगायतका बिषयमा भ्रष्टाचार गरेको भन्दै २ जना वडा अध्यक्ष, ५ जना कार्यपालिका सदस्य र १० जना वडा सदस्य सहित कार्यपालिकाका बहुमत सदस्यले हिउँदे गाउँसभा बहिस्कार गरेका छन् । १८ जना जनप्रतिनिधि सदस्यले रजिस्टरमा माइनुट लेखेर हस्ताक्षर […]

पुरा पढनुहोस

नेपाल संलग्न नभएको युद्धमा नेपालीको संलग्नता रोक्न कानुन बनाऔं’

काठमाडौँ: नेपाल संलग्न नभएको युद्धमा नेपालीको संलग्नता रोक्नका लागि स्पष्ट कानुन बनाउन मानव अधिकार तथा शान्ति समाजले आग्रह गरेको छ। समाजका केन्द्रीय सभापति रामकृष्ण बरालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै युद्धमा नेपालीको संलग्नता रोक्न प्रष्ट कानुन बनाउन सम्बद्ध निकायको ध्यानाकर्षण गराउँदै नेपालको पराराष्ट्र नीतिको केन्द्रविन्दुमा सदैव शान्ति र अहिंसा रहनुपर्ने माग गरेका छन् । समाजले […]

पुरा पढनुहोस

झापाको बिर्तामोडमा भेटिइन् दादुरा संक्रमित बालिका-सबैलाई सचेत रहन आग्रह

झापा: झापाको बिर्तामोडमा एकजना बालिकामा दादुराको संक्रमण देखिएको छ । बिर्तामोड नगरपालिका–३ की ५ वर्षीया बालिकामा दादुरा संक्रमण पाइएको हो ।लक्षण देखिएपछि उनलाई उपचारका लागि बिर्तामोड नगर अस्पतालमा राखिएको छ । उनको रगत परीक्षण गर्दा दादुरा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । बालिकालाई औषधि दिएर आइसोलेसनमा राखिएको छ । अस्पतालका स्वास्थ्यकर्मीका अनुसार ती बालिकालाई […]

पुरा पढनुहोस

गुणस्तर हिन नक्कली रक्सी बनाएको आरोपमा ९ जना पक्राउ

काठमाडौँ : काठमाडौं उपत्यकामा स्वदेशी र विदेशी ब्राण्डका नक्कली मदिरा बनाउने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछापका २८ वर्षीय मनोज खत्री, रामेछापकै ३६ वर्षीय विनोदकुमार कार्की, सिन्धुपाल्चोकका २७ वर्षीय मोहन खड्का,सिन्धुलीका २८ वर्षीय गौरव तामाङ, काठमाडौं कागेश्वरी मनोहराका ३५ वर्षीय सुमन नगरकोटी, सिन्धुलीका ४० वर्षीय लेखविक्रम थापा, रामेछापका २३ वर्षीय महेश खत्री, […]

पुरा पढनुहोस

तेस्रो कार्यकालको दोस्रो वर्षमा नसोचेको नतिजा दिनेछु : प्रधानमन्त्री

अर्घाखाँची: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा नयाँ बिधि र पद्दति स्थापित भएको र यहि विधिमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने बताएका छन ।सोमबार दिउँसो सन्धिखर्कमा आयोजित “आर्थिक विकास, पर्यटन प्रवद्र्धन, स्थानीय रोजगारीका लागि अर्घाखाँची पर्यटन प्रवर्द्धन’’ कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले सो कुरा बताएका हुन् ।उनले भने , ‘‘तपाईहरूलाई थाहै […]

पुरा पढनुहोस

नेपालगंजमा देशकै ठुलो साईकल पम्प ट्रयाक निर्माण सम्पन्न

नेपालगंज : नेपालगंज वडा नं १ मा निर्माण भइरहेको नेपालकै सबैभन्दा ठुलो साइकल ‘पम्प ट्रयाक’ को निर्माण कार्य सम्पन्न भएको छ। बाँके जिल्ला साइक्लिङ संघ को पहल स्वीट्जरल्याण्डको भेलोसोलुसन, नेपालगंज उपमहानगरपालिका, नेपालगंज मेडिकल कलेजको आर्थिक सहयोगमा नेपालगन्ज उपमहानगरपालिकाको वडा १ कार्यालयको पहलमा शिवशक्ति पार्वती मन्दिरले करिब चार कठ्ठा जग्गा उपलब्ध गराएपछि बाँके जिल्ला साईक्लिङ सङ्घले […]

पुरा पढनुहोस

बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दार यादब लाई सेवाबाट हटाउन सिफारिस

काठमाडौँ: सर्लाहीको बरहथवामा पुस २० मा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । इलाका प्रहरी कार्यालय […]

पुरा पढनुहोस