ओलीको आरोपः नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउन, निर्दोष फसाउन खोजियो

समाचार

पशुपति उपाध्याय (आबेश) काठमाडौँ: प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी उम्काउने र निर्दोष फसाउन खोजिएको आरोप लगाएका छन् ।

शुक्रबार संसदमा पेस भएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि आइतबार भएको छलफलमा सहभागी हुँदै उनले नक्कली भुटानी शरणार्थी प्रकरणमा निर्दोष फसाउन र दोषी उम्काउन खोजिएको भन्दै आपत्ति जनाएका छन् । आफ्नो पार्टीको अपराधी नउम्किने र निर्दोष कोही नफसोस् भन्ने धारणा राख्दै उनले निर्दोष फसाउने र दोषी उम्काउने काम बन्द गर्न आग्रह गरे ।

प्रमुख तीन दलका शीर्ष नेताहरुको बीच भएको भेटमा दोषी उम्काउन खोजिएको भनेर भएको टिप्पणीप्रति आपत्ति जनाउँदै उनले भ्रष्टाचारविरुद्ध भएका छानबिनमा एमाले सहयोग गर्न तयार रहेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *