काठमाण्डौ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछानेले भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएका हरुलाई सोधपुछ समेत नगरिएको बारे संसदमा असन्तुस्टी ब्यक्त गरेका छन।
बिशेष गरि तीनदलका शिर्ष नेताहरुको भेटघाट को बिषयलाई लीएर अलि आक्रोशित भएका लामिछानेले नेता हरुको भेटघाटले अनुसन्धान सेलाउदै गएको र अनुसन्धानमा संलग्न नीकाए माथि नै संका उब्जिएकोहुदा संसदीय छानबिन समिति बनाउन माग गरे।
प्रधानमन्त्री तर्फ देखाउदै उनले भने ” प्रधानमन्त्री ज्यु मुटु दरो पार्छु भन्नु हुन्थ्यो त्यो मुटु कति दरो छ कुन अस्पतालमा लगेर जाच्ने हो म त्यो जाच्न चाहन्छु, तपाई हरु तिन दलका नेताहरुको घर-घर पुगेर भेटघाट गर्नुपर्ने कारण नेपाली जनतालाई बताउनु होला, अहिले श्याल पनि कराउनु र कुखुरा पनि हराउनु जस्तै भएको छ अहिले यो भुटानी शरणार्थी प्रकरणको छानबिन प्रभावित नहोस म यहालाई सम्मानित साधन बाट खबरदारी गर्न चाहान्छु”