सूर्तीजन्य पदार्थ जफत गर्दै काठमाडौँ महानगरपालिका

समाचार स्वास्थ्य र जीवनशैली

काठमाडौं महानगरपालिकाले पसलमा बिक्री गर्न राखिएका सुर्तीजन्य पदार्थ जफत गर्न थालेकाे छ । महानगरले हिजो बिहीवारदेखि महानगर क्षेत्रभित्र सुर्तीजन्य पदार्थ पूर्ण प्रतिबन्ध लगाएकाे छ ।

पटक पटक सूचना निकाली सुर्तीजन्य पदार्थ बिक्री वितरण नगर्न आग्रह गरेको महानगर अहिले आएर दण्ड जरिवाना समेत को बाटो अपनाएको छ।

महानगरले सुर्तीजन्य पदार्थ बेचे/नबेचेकाे अनुगमनका लागि महानगरका विभिन्न क्षेत्रमा नगर प्रहरी र सादा पाेसाकमा प्रहरी परिचालन गरेकाे छ । महानगरले पसलमा अनुगमनका क्रममा सुर्तीजन्य पदार्थ भेटिए दुई पटकसम्म जफत र तेस्रो पटक पनि भेटिएमा पसल नै बन्द गर्ने चेतावनी दिएकाे छ ।

त्यस्तै सार्वजनिक ठाउँमा धुमपान गरेको पाइए त्यहाँबाट बाहिर निकाल्ने र सय रुपैयाँसम्म जरिबाना गराउने पनि महानगरले जनाएकाे छ ।

अनुगमन झनै प्रभावकारी बनाउने भन्दै काठमा्डौं लाई पूर्णतया सुर्तीजन्य पदार्थ विहिन बनाउने मुख्य लक्ष्य भएको महानगर श्रोत ले बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *