नेपालगंज: जिल्ला अदालत काठमाडौँ का न्यायाधीश शङ्करबहादुर राईको इजलासले सुन तस्करी प्रकरणमा पक्राउ परेका आठ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।
गोरखाका चन्द्र घलेलाई दुबईबाट १४ किलो सुन लिएर आउदा आउदै विमानस्थलमै पक्राउ गरेपछि सुन तस्करी बारे थप कुरा सार्बजनिक भएको थीयो। विमानस्थल भन्सार कार्यालयका अनुसार यो समुहले करिब १३८ किलो सुन तस्करी गरेको र सो समूह संग सम्बन्ध राख्ने थप दुई जना भने हाल सम्म फरार रहेका छन ।
नेपालमा सुन तस्करीको जालो नीकै ठुलो रहेको र राजनीतिक साठ गाठमा तस्करी हुदा सानो परिमाण समितिने तर ठुलो परिमाण सधै गुपचुप रहने भन्दै निष्पक्ष अनुसन्धान गर्न नागरिकसमाजले माग गरेको छ ।