नेपालगंज: नेपालगंज -१८ तेजनगरमा अवस्थित मनकामना सेकेण्डरी स्कुल प्रांगढमा संचालित निशुल्क स्वास्थ्य शिविरमा करिब एकहजार जनाको निशुल्क स्वास्थ्य जांच गरिएको छ। उक्त शिविरमा जनरल फिजिसियन एबम आँखा सम्बन्धि बिशेषज्ञ डाक्टर द्वारा स्वास्थ्य जांच गरिएको हो। बिधालय स्वास्थ्य कार्यक्रम अन्तर्गत GLS Zukunftsstiftung Entwicklung नामक संस्था को सहयोग, ग्रामिण आर्थिक सामाजिक उत्थान केन्द्र नेपालगंजको आयोजना तथा मनकामना मा बि नेपालगंज-१८ तेजनगर को सहकार्यमा उक्त स्वास्थ्य शिबिर संचालन गरिएको थीयो।
शरीर स्वस्थ भए मात्र मन स्वस्थ हुने एबम मन स्वस्थ भएमा बालबालिकाको सिक्षण सिकाइ प्रभावकारी हुने हुदा पनि बिदार्थी एबम अभिभाबक दुबैको स्वास्थ्य परिक्षण गरिएको बिधालयकी प्रिन्सिपल हेमा भुजेलले बताउनुभयो।





कार्यक्रम को मुख्य लक्ष मौसम परिबर्तन संगै हुन सक्ने स्वास्थ्य समस्याको बारेमा बिद्धार्थी अभिभाबक लाइ जानकारी दीई समस्या उत्पन्न हुनबाट रोक्न सकिने बिषयमा जागरुक गराउनु रहेको पनि प्रिन्सिपल भुजेलले बताउनुभयो ।कार्यक्रमममा अभिभाबक एबम बिद्धार्थी हरुको उल्लेख्य उपस्थिति रहेको थीयो ।