नेपालगंज: नयाँ बर्ष २०८१ सबै नेपालीको घरदैलोमा छ। धेरै आरोह अबरोहका बीच २०८० बिदाइ भएको छ। नेपाल सरकारले नयाँ वर्ष आरम्भका अवसरमा आज नेपालभरका सरकारी कार्यालय, सार्वजनिक संस्थान एवम् शिक्षण संस्थामा सार्वजनिक बिदा दिएको छ ।
नयाँ वर्षको अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, प्रधानन्याधीश विश्वम्भर प्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायण दाहाल एबम राजनीतिक दलका शीर्ष नेता लगायतले शुभकामना सन्देश दिँदै सबै नेपालीको उन्नती प्रगतिको कामना गरेका छन।
रोजगारी, अर्थतन्त्र र राजनैतिक अवस्थामा खासै परिबर्तन गर्न नसकेको बिक्रम सम्बत २०८० साल लाइ बिदाइ गर्दै २०८१ मा यी सबै असुविधा समाप्त होउन भन्ने कामना गर्दै आज बिहानै स्नान गर्ने, मन्दिर जाने, घरआगन सफा गर्ने, मीठोमीठो खाने, साथीसंगी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना व्यक्त गर्दै नयाँ वर्षको पहिलो दिन राम्रो सुरुआत भए वर्षभर सफलता मिल्ने जनविश्वास छ ।