अध्यादेश यथास्थीतिमा पारित हुँदैनन्- मीन विश्वकर्मा

समाचार

आवेश पौडेल, रुपन्देही । नेपाली कांँग्रेसका केन्द्रीय सदस्य मीन बहादुर विश्वकर्माले सरकारले ल्याएको अध्यादेश हुबहु पारित नहुने जिकिर गरेका छन् ।

रिपोर्टर्स क्वल नेपाल लुम्बिनी प्रदेश कार्यालयले सोमबार बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेता विश्वकर्माले सरकारले अध्यादेश ल्याउने अवस्थामा कांँग्रेससँग छलफल गरेपनि संसदमा लैजाँदा पार्टीहरुबिचमा असन्तुष्टि आउँदा पारित हुने अवस्था सिर्जना नभएको उल्लेख गरे ।

उनले भने, अध्याादेश ल्याउने विषयमा प्रधानमन्त्रीज्यूले नेपाली कांँग्रेसका मन्त्रीहरुसंग छलफल त गर्नुभएको थियो, तर अहिले संसदमा लैजाने विषयमा सर्वसहमत हुने अवस्था देखिएको छैन्, यथास्थीतिमा हुवहु पारित हुने अवस्था छैन् । उनको दाबी छ ।

उनले सरकारले अध्यादेश जारी गर्ने संवैधानिक अधिकार भएपनि आवश्यकता महसुस फरक ढंगले भएको बताउँदै यद्यपि हुबहु पारित नभए प्रतिस्थापन विधेयक मार्फत् संसदीय प्रकृयामा जाने र पारित हुने बताए ।

उनले थपे, कांँग्रेस सहितका दलहरुका प्रश्नको जवाफ नआउँदै संसदमा टेबुल हुने अवस्था नरेहेको बताउँदै तत्काल पास हुने अवस्था नभएको जिकिर गर्दै अध्यादेश ल्याउनुभन्दा अगाडि सुझबुझ गरेर ल्याउनुपर्थो त्यो नगरी हतारमा ल्याएको आरोप लगाए ।

पूर्व वाणिज्य तथा आपूर्ती मन्त्री समेत रहेका नेता विश्वकर्माले पछिल्लो समय नेपाली कांँग्रेस पार्टी चलयामान बन्दै गईरहेको बताए । उनले अहिलेको अवस्थामा ५५ वटा बिभाग निर्माण गरी ७७ वटै जिल्लामा बिभिन्न कार्यक्रमहरु निरन्तर रुपमा भइरहेको जनाए ।

कांँग्रेसको महाधिवेशन सम्बन्धमा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा विश्वकर्माले तोकिएको समयमा नै महाधिवेश हुने बताउँदै २०/२२ महिना पछिको अवस्थासम्म महाधिवेशन हुने र अहिले पार्टिभित्र रहेका गुट तथा पक्षहरु अब नहुने तर्क गरे ।

पार्टीको प्रचार बिभाग संयोजकसमेत रहेका विश्वकर्माले अहिलेको गठबन्धन २०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गर्दै अहिलेको गठबन्धन बलियो जगमा उभिएको बताउँदै ७ बुँदे सहमती अनुसार नै कायम रहने उल्लेख गरे ।

माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको कारणले अहिलेको कांँग्रेस एमालेको गठबन्धन बनेको स्मरण गर्दै २०७९ सालको निर्वाचनको समयमा बनेको गठबन्धन अनुसार नै सरकार बनाउन कांँग्रेस तयार रहेको अवस्थामा प्रचण्ड कांँग्रेस छाड्दै एमाले र एमाले छाड्दै कांँग्रेस गर्दा दुई शक्ति मिल्नुपरेको जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *