पत्रकार महासंघको हुर्मत लिने काम कसैले नगरौं : अध्यक्ष गिरी

समाचार

नेपालगन्ज : नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीले पत्रकार महासंघको हुर्मत लिने काम कसैले  नगर्न आग्रह गर्नु भएको छ ।

सोमबार महासंघको भित्ते पात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा श्रमजीवी पत्रकारहरु साच्चिकै मर्कामा परेको भए महासंघ चुपचाप नबस्ने तर सामाजिक सञ्जालमा कसैले स्टाटस हाल्दैमा महासंघले विज्ञप्ति ननिकाल्ने बताउनुभयो ।

कुनै पत्रकार समाचार लेखैकै भरमा कसैले धम्क्याउने , कसैबाट ज्यान जोखिममा परेको अथवा अन्यायमा परेको भए महासंघमा आएर निवेदन दिनुपर्ने त्यसपछि महासंघले साच्चिकै होकी आफ्नो स्वार्थको लागि हो भन्ने बुझेर मात्र बोल्ने गिरीले बताउनुभयो ।

उहाँले संघ संगठनका जिम्मेवार व्यक्तिहरुले पनि महासंघको हुर्मत लिने काम सामाजिक सञ्जाल मार्फत गरेकोमा दु:ख व्यक्त गर्दै विज्ञप्ति निकाल्नु पर्ने वा आवश्यक पहल गर्नका लागि सिधै महासंघका अध्यक्ष वा अन्य पदाधिकारीलाई फोन गरेर भन्दा पनि हुन्थ्यो सामाजिक सञ्जालमा स्टाटस लेख्नु राम्रो होइन गिरीले भन्नुभयो ।

क्यालेन्डर विमोचन तथा छलफल अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईंले पछिल्लो समयमा रिपोर्टिङ गर्ने क्रममा पत्रकारहरु घाइते भएको तथा कसैले ज्यानै गुमाएको स्मरण गर्दै आगामी दिनमा सुरक्षित भएर कसरी रिपोर्टिङ गर्ने विषयमा प्रदेशले पत्रकारलाई तालिम उपलब्ध गराउन प्रदेश सरकारलाई बजेट विनियोजन गर्न पहल गरिरहेको बताउनुभयो । उहाँले बाँके शाखा अन्य शाखा भन्दा हरेक गतिविधिमा अगाडि रहेको बताउदै यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासंघ बाँकेका सह सचिव रविन्द्र सिंह ठकुरीले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत मन्तव्य उपाध्यक्ष करुणा शाहले राख्नु भएको थियोे भने समाजवादी प्रेस संगठनका केन्द्रीय सदस्य तथा बाँके अध्यक्ष लोकप्रसाद शर्मा , प्रेस सेन्टर नेपाल बाँकेका वरिष्ठ उपाध्यक्ष केपी घिमिरे, प्रेस युनियन बाँकेका अध्यक्ष प्रिया स्मृति ढकाल, प्रेस चौतारीका केन्द्रीय सदस्य विष्णु बेल्बासे, वरिष्ठ पत्रकार नीरज गौतमले शुभकामना मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *