नेपालगन्ज : जनता समाजवादी पार्टी नेपालबाट समानुपातिक लुम्बिनी प्रदेश सांसद अम्बिका काफ्लेले केही अनलाइन समाचारमा आफ्नो नाम पनि जोडिएर समाचार प्रकाशित भएको देख्दा आफू अचम्मित भएको बताउनुभएको छ ।
हिजो लुम्बिनी प्रदेशका सांसद लाइसेन्स सेटिङमा भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । अहिलेसम्म मलाई न कुनै अख्तियारले केही भनेको छ न कुनै संस्थाले केही भनेका छन् एकाएक समाचार प्रकाशित भएको देख्दा अचम्मित मात्र होइन कि अहिलेको पत्रकारिता कता जादै छ भन्ने चिन्ता लागेको उहाँले बताउनुभयो ।
म सधैं जनताको सेवामा तल्लीन छु जनताको कामका लागि कहिले जिल्ला प्रशासन कार्यालय, कहिले जिल्ला प्रहरी कार्यालय त कहिले यातायात लगायतका कार्यालयमा गएको साचो हो तर कहि कतै पैसा खाएको प्रमाण देखाउन उहाँले चुनौती दिनुभयो यसरी कसैको चरित्र हत्या गर्न खोजेर पत्रकारिता गर्नु गलत भएको उहाँको धारणा रहेको छ ।
समाचार साथीहरूले स्क्रिन सर्ट गरेर मेसेन्जरमा पठाएपछि बल्ल आफुले हेरेको बताउदै खोइ त हामीले घुस खाएको भए वा लेनदेन गरेको भए अख्तियारले किन पक्राउ नगरेको ? उहाँले प्रश्न गर्नुभयो ।
“जनताले धेरै हामीबाट आशा गरेका छन् र उनीहरूको आशालाई निराशामा परिणत हुन दिदैन् उहाँले भन्नुभयो ” यसरी अरुको चरित्र हत्या गर्ने विरुद्ध कानुनी उपचार खोजिने उहाँले बताउनुभयो । स्मरण रहोस् एमाले पार्टीबाट निवार्चित लुम्बिनी प्रदेश सांसद रत्न खत्री र जसपा नेपालकी समानुपातिक सांसद काफ्लेलाई लाइसेन्स सेटिङक आरोप लगाइएको छ ।
काफ्लेले सामाजिक सञ्जाल फेसबुकमा लेखिएको स्टाटस पढ्नुहोस् “बडा अचम्म लाग्छ । कहिलेकाही मान्छेहरु विकृत हावाहुरीको पछाडि किन कुद्छन् ? जहाँ जे कुरामा चित्त बुझेको छैन, त्यसमा केन्द्रित भएर मलाई सोधपुछ गर्दा हुन्छ, कुरा गर्दा हुन्छ । म जनताको विचमा काम गरिरहेको र हुर्किरहेको तपाईंहरुकै प्रतिनिधि हुँ । मैले कुनै गल्ती गरेको रैछु भने त्यसैमा केन्द्रित भएर लेखौ, गाली गरौ, निन्दा र भत्सर्ना गरौ मित्रहरू,कपोकल्पित, झुट्टा र भ्रामक समाचारका कथा बुनेर समय खेर नफालौ, म जुनसुकै आरोप को जवाफ जुनसुकै ठाउँमा दिन तयार छु ” ।