एनएमबी बैंक कारकाँदो शाखाबाट जय जनता मा.वि. नेपालगञ्ज–२० मा शुद्ध पिउने पानीका लागि वाटर फिल्टर हस्तान्तरण

शिक्षा समाचार

नेपालगञ्ज, बाँके — कर्पोरेट सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रम अन्तर्गत एनएमबी बैंक लिमिटेड, कारकाँदो शाखाले नेपालगञ्ज–२० स्थित जय जनता माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्षित गर्दै शुद्ध पिउने पानीका लागि वाटर फिल्टर प्रदान गरेको छ।

शाखा प्रमुख प्रबिन श्रेष्ठ तथा व्यवसाय विकास अधिकृत (BDM) दीपक नागद्वारा विद्यालयमा आयोजित सानो समारोहबीच विद्यालयलाई वाटर फिल्टर हस्तान्तरण गरिएको हो।

सो अवसरमा विद्यालयका प्रधानाध्यापक शान्ति देवी आचार्यले शुद्ध पिउने पानीको समस्या विद्यालयका लागि निकै ठूलो चुनौती बनेको बताउँदै, एनएमबी बैंकले प्रदान गरेको वाटर फिल्टरले सो समस्या समाधानमा ठुलो सहजता पुर्‍याएको बताउनुभयो। साथै, उहाँले विद्यालयको तर्फबाट बैंकलाई हार्दिक धन्यवाद दिनुभएको थीयो।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धर्मराज छन्त्यालको समेत उपस्थिति रहेको थियो। करिब ८०० विद्यार्थी अध्ययनरत यस विद्यालयमा शुद्ध पिउने पानीको पहुँचले विद्यार्थीहरूको स्वास्थ्य र उपस्थिति सुधारमा योगदान पुर्‍याउने विश्वास विद्यालयले व्यक्त गरेको छ।

विद्यालय व्यवस्थापन समितिले बैंकको सामाजिक उत्तरदायित्वप्रतिको योगदानको प्रशंसा गर्दै आगामी दिनमा यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिन अनुरोध गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *