बुढाले बागडोर समाते, बिरालोले बाटो काट्य‍ो कामै ठप्प !

समाचार

अधिवत्ता बिस्नु प्रसाद पोखरेल्। नेपालगन्ज, बिरालो सामुन्ने देख्दा अघि नबढौं भन्ने सोंचका पुरातन बादी चालकले GenZ पुस्ताको जेट चलाउलान भन्ने आशा त थिएन नै, तर पनि गोरुगाडा छाडेर कम्तीमा बेटरी रिक्सा चलाउने ढङ्ग त होला भनेको त्यति पनि देखिएन !

मान्छेले प्रविधिको लागि घरखेत धितो राखेर सात समुद्र पारी पुगेर पढेर केही गर्छु भन्ने बेलामा घरमै बसेर यु-ट्युबमा शिक्षा लिने, सिकाउने, सीप सिक्ने, कृषि गर्ने, मेसिन उपकरण ठिक गर्ने, परिक्षामा राम्रो नतिजा बनाउने कस्तो राम्रो जमाना थियो, तर गुह्येस्वरीका ढेंडुले केराको झोला झम्टे जसरी यसलाई बन्द गराउदा के असर होला बुढा बाहरुले कहिले बुझ्ने ईनलाई कसरी सम्झाउने !

देश विदेसका खबर समाचार मात्रै होइन सन्ततिलाई फोन गर्न, दुखसुखका कुरा गर्न, मेसेज गर्न, फोटो पठाउन कम्ता सहज थिएन फेसबुक !
कसैले बुढाको फोटो फेसबुकमा उल्टो पारेर राखेछ रे, भाउन्ने भएर फेसबुक नै बन्द गरिदिने ?

अहिले २०३६ का आन्दोलनकर्मीहरु बृद्धअबश्थामा छन, ४६ र ६२ का चाहिँ स्वार्थमा सत्ताको भागबन्डा डुबे, ७२ को संवैधानिक परिवर्तन यिनलाई नै गलगाँड भएको देखिन्छ, यिनीबाट उभो लाग्ला भन्नु त मुर्खता नै हुन्छ जस्तो छ ।

`केटाकेटी आए, गुलेली खेलाए´ भन्दैछन् होला, तर अब यो पुस्ता कमजोर केटाकेटी होइन, नत सात परिक्रमा गरेर बा नै सबै हो भन्ने गणेश प्रवृतिका पुस्ता हुन, यी त मिडिया संचार, सम्भावना, खोसिएका सचेतत युवा हुन । यिनलाइ ३६,४६ र ६२ का सोंचले झुक्याउने होइन, आफ्नो अधिकार रक्षाका लागि सडकमा उत्रिएका जेज जेड पुस्ताको कदर गर: अन्यथा तिम्रो क्रियाकर्म गर्ने बेलामा समेत कोही कसैले नाम नलिने अवस्था आउला !

बुढाले बागडोर समाते, बिरालोले बाटो काट्य‍ो कामै ठप्प !

बिरालो सामुन्ने देख्दा अघि नबढौं भन्ने सोंचका पुरातन बादी चालकले GenZ पुस्ताको जेट चलाउलान भन्ने आशा त थिएन नै, तर पनि गोरुगाडा छाडेर कम्तीमा बेटरी रिक्सा चलाउने ढङ्ग त होला भनेको त्यति पनि देखिएन !

मान्छेले प्रविधिको लागि घरखेत धितो राखेर सात समुद्र पारी पुगेर पढेर केही गर्छु भन्ने बेलामा घरमै बसेर यु-ट्युबमा शिक्षा लिने, सिकाउने, सीप सिक्ने, कृषि गर्ने, मेसिन उपकरण ठिक गर्ने, परिक्षामा राम्रो नतिजा बनाउने कस्तो राम्रो जमाना थियो, तर गुह्येस्वरीका ढेंडुले केराको झोला झम्टे जसरी यसलाई बन्द गराउदा के असर होला बुढा बाहरुले कहिले बुझ्ने ईनलाई कसरी सम्झाउने !

देश विदेसका खबर समाचार मात्रै होइन सन्ततिलाई फोन गर्न, दुखसुखका कुरा गर्न, मेसेज गर्न, फोटो पठाउन कम्ता सहज थिएन फेसबुक !
कसैले बुढाको फोटो फेसबुकमा उल्टो पारेर राखेछ रे, भाउन्ने भएर फेसबुक नै बन्द गरिदिने ?

अहिले २०३६ का आन्दोलनकर्मीहरु बृद्धअबश्थामा छन, ४६ र ६२ का चाहिँ स्वार्थमा सत्ताको भागबन्डा डुबे, ७२ को संवैधानिक परिवर्तन यिनलाई नै गलगाँड भएको देखिन्छ, यिनीबाट उभो लाग्ला भन्नु त मुर्खता नै हुन्छ जस्तो छ ।

`केटाकेटी आए, गुलेली खेलाए´ भन्दैछन् होला, तर अब यो पुस्ता कमजोर केटाकेटी होइन, नत सात परिक्रमा गरेर बा नै सबै हो भन्ने गणेश प्रवृतिका पुस्ता हुन, यी त मिडिया संचार, सम्भावना, खोसिएका सचेतत युवा हुन । यिनलाइ ३६,४६ र ६२ का सोंचले झुक्याउने होइन, आफ्नो अधिकार रक्षाका लागि सडकमा उत्रिएका जेज जेड पुस्ताको कदर गर: अन्यथा तिम्रो क्रियाकर्म गर्ने बेलामा समेत कोही कसैले नाम नलिने अवस्था आउला !

Leave a Reply

Your email address will not be published. Required fields are marked *