नेपालगन्ज : बाँकेको नेपालगन्जमा फरक किसिमले सामाजिक खबरदारी, अनियमितता सम्बन्धि आवाज उठाउन , ,शिक्षा, स्वास्थ्य, राजनीतिक लगायतको क्षेत्रमा भएको विकृतिको भण्डाफोर गर्ने उद्देश्यका साथ ‘नेपाल संवाद क्लब’ को नेपालगञ्ज–१० पासाङ ल्यामु मार्गमा केन्द्रीय कार्यालयको भव्य उद्घाटन सम्पन्न भएको छ। कार्यक्रमका प्रमुख अतिथि रिपोटर्स क्लवका सञ्चालक तथा बरिस्ठ पत्रकार ऋषि धमलाले क्लबको सफल यात्रा र सामाजिक जागरणको भूमिकामा जोड दिदै कार्यालयको उद्घाटन गरेका छन् ।
कार्यक्रमको अध्यक्षता क्लबका अध्यक्ष आशिष मल्ल ठकुरीले गरेका थिए भने विभिन्न मिडियामा सञ्चारकर्मी, उद्योगी–व्यवसायी र स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति रहेको थियो। प्रमुख अतिथि धमलाले आफ्नो सम्बोधनका क्रममा भने, “संवादले समाज चलाउँछ, विवेकपूर्ण आवाजले राष्ट्र बलियो बन्छ, भ्रष्टाचारको अन्त्य गर्नमा सहयोग पुर्याउछ र सुशासन कायम गर्न स्थानीय तहमा युवाहरुले खोलेको संस्थाले तथ्य, सत्य र सकारात्मक पत्रकारितालाई थप उचाइ दिन्छ।”
समारोहमा अन्य वक्ताहरुले पनि संवाद क्लबको आवश्यकता, काम गर्ने दिशा र स्थानीय समस्यासँग जनताको आवाज उठाउने विषयमा ध्यान केन्द्रित गरेका थिए । कार्यक्रममा क्लबका पदाधिकारी तथा सहभागीहरुले ऋषि धमलालाई टीका, माला र खादा लगाई सम्मान प्रदान गरिएको थियो।
पत्रकार दिनेश उपाध्यायले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य पत्रकार केपी घिमिरेले राखेका थिए ।उक्त कार्यक्रममा प्रमुख अतिथि धमलासंग पत्रकारहरुले अन्तक्रिर्या समेत गरेका थिए ।
