भौतिक पूर्वाधार निर्माण संगै बिकाशको गति बढाएको नेपालगंज उपमहानगरपालिका

समाचार

नेपालगंज उपमहानगरपालिकाले सडक पूर्वाधार निर्माणका क्षेत्रमा विशेष ध्यान दिँदै आएको छ। नगरपालिकाको मुख्य सडकहरू प्रशस्त चौडा, र पिच गरिएको छ। यसले यातायातलाई सहज र छरितो बनाएको छ। उपमहानगरपालिकाले ग्रामीण क्षेत्रहरूलाई पनि मुख्य सडक सञ्जालमा जोड्न विशेष ध्यान दिएको छ। यसले स्थानीय बासिन्दाहरूलाई सहरी क्षेत्रको सेवा सुविधामा पहुँच सहज बनाएको छ।

बजेट अभाव, प्राविधिक जनशक्तिको कमी, र दिगो विकासका सिद्धान्तहरूको पूर्ण कार्यान्वयन गर्न कठिनाइ हुदा हुदै पनि ती चुनौतीहरूको सामना गर्दै उपमहानगरपालिका आफ्नो रफ्तारमा लम्किरहेको छ। सडक निर्माणका क्षेत्रमा कुरा गर्ने हो भने वडा नं १९ अन्तर्गत हालै मात्र एस के डेरी देखि फुटाहा गाउँ जाने बाटो निर्माण कार्य सम्पन्न भएको छ। दुइ लेनमा गाडी गुड्न सक्ने एस सडक कालोपत्रे गर्न कुल लागत ६०,००,००० (सठि लाख) रुपैयाँ लागेको छ। असार मसान्त आउन महिनौ बाँकी छदै काम सम्पन्न भएकोमा स्थानीय बासीले नीकै खुसि ब्यक्त गरेका छन।

एस के डेरी देखि फुटाहा गाउँ जाने बाटो

त्यस्तै वडा नम्बर १९ मै फारमटोलमा जाने मुख्य सडकको निर्माणले यस क्षेत्रका बासिन्दाहरूलाई सहज यातायात  सुविधामा पहुँच पुर्याएको छ। यो सडकको ग्राबल र नाला निर्माण कार्य सकिएको छ।  उचित चौडाईमा निर्माण गरिएको हुदा सवारी साधनको आवागमन सहज भएको छ।सडकका कारण यातायात सुगम भएकोले यहाँका जनताको दैनिकीमा सकारात्मक प्रभाव परेको छ।

फारमटोलमा जाने मुख्य सडक

नेपालगंज उपमहानगरपालिकामा योगा भवन निर्माणको महत्वपूर्ण परियोजना,  वडा नं १९ मा अछामी सेवा समाज समितिको सहकार्यमा उल्लेखनीय प्रगति गर्दै स्टक्चर निर्माणको चरण सम्पन्न भएको छ। यो परियोजना स्वास्थ्य, शारीरिक फिटनेस, र मानसिक शान्तिका लागि समर्पित रहेको छ, जसले स्थानीय समुदायमा योगा र स्वस्थ जीवनशैलीको महत्वलाई प्रोत्साहन गर्नेछ। स्थानीय समुदायले यो परियोजनालाई निकै सकारात्मक रूपमा लिएको छ। भवनको निर्माणले समुदायमा उत्साह र आशा बढाएको छ। अछामी सेवा समाज समितिको योगदानको सराहना गर्दै, स्थानीय बासिन्दाहरूले यो भवनको प्रयोग गरी आफ्नो स्वास्थ्य र जीवनशैलीमा सुधार ल्याउन तत्पर देखिएका छन्। भवन निर्माणको लागि नगरपालिकाले ३०,००,००० (तिस लाख ) रुपैयाँ प्रदान गरेको छ ।

अछामी सेवा समाज समितिको योगा भवन स्ट्रक्चर निर्माण सम्पन्न

वडा नं १५ मा हाइमाष्ट लाइट देखि मदरसा निरानु इस्लामिया स्कुलसम्म कालोपत्रे र सडक बत्ति जडानको कार्य सम्पन्न भइसकेको छ जनताको दैनिकी संग प्रत्यक्ष सम्बन्ध राख्ने सडक बत्ति र खानेपानी जस्ता बिषयमा उपमहानगरपालिका संबेदनशील रहेको छ । सडक निर्माण पछी यहाँ हरुलाई कस्तो महसुस हुदै छ भन्ने हाम्रो प्रश्नमा वडा नं १५ निवासी ४९ बर्षीय प्रकाश राध ले भने “ साघुरो कच्ची बाटो बत्ति नबल्ने हुदा अबेर कामबाट फर्किदा समेत डराउनु पर्ने थीयो अहिले पक्कि बाटो र सडक बत्ति जडान भएपछी हामीहरुलाई धेरै सुबिधा भएको छ “ कुल ७०,००,००० (सत्तरी लाख) रुपैयाँ लागत रहेको यो आयोजना समयमै सम्पन्न गर्न नगरपालिका सफल भएको छ ।

हाइमाष्ट लाइट देखि मदरसा निरानु इस्लामिया स्कुलसम्म कालोपत्रे र सडक बत्ति जडान

नेपालगंज उपमहानगरपालिकाले भौतिक पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरेको छ, अहिले नगर भवन परिसर भित्र व्यावसायिक भवन निर्माण कार्य सक्रियताका साथ भइरहेको छ। यो प्रयास नगरपालिकाको आर्थिक विकास र स्थानीय व्यवसायिक गतिविधिहरूको प्रवर्द्धनमा केन्द्रीत छ। व्यावसायिक भवनहरूले स्थानीय व्यवसायीहरूलाई व्यवसाय सञ्चालन गर्न स्थान प्रदान गर्दछ, जसले आर्थिक गतिविधिमा वृद्धि हुन्छ। बहुबर्षीय योजना अन्तर्गतको यो परियोजना को लागि नगरपालिकाले १,९५,७५,००० (एक करोड पंचानाब्बे लाख पचहत्तर हजार ) रुपैयाँ छुट्टाएको छ हाल भवन र फाएर फाइटर निर्माण कार्य भइरहेको छ ।

नगर भवन परिसर भित्र व्यावसायिक भवन निर्माण

नेपालगंज उपमहानगरपालिकाले पासाङ लाह्म्यु मार्ग निर्माण कार्य उल्लेखनीय प्रगति गरेको छ। यो सडक  निर्माणको क्रममा कल्भर्ट निर्माण सम्पन्न भएको छ, तर विद्युत पोल सार्न ढिलाइ भएको कारण कालोपत्रे गर्न समय लागेको छ। यदि विद्युत पोल समयमै सार्न सकियो भने यसै आर्थिक वर्षभित्रै निर्माण कार्य सम्पन्न हुने अपेक्षा गरिएको छ। यो सडक निर्माणले स्थानीय यातायात प्रणालीमा सुधार ल्याउनेछ। यसले नजिकैका बासिन्दाहरूलाई सदरलाइन संग यातायात  सुविधामा पहुँच सहज बनाउनेछ र समग्र आर्थिक तथा सामाजिक विकासमा योगदान पुर्याउनेछ। परियोजनाका लागि नगरपालिकाले १,००,००,००० (एक करोड) रुपैयाँ बिनियोजन गरेको छ ।

पासाङ लाह्म्यु मार्ग निर्माण

विकास र सुव्यवस्थापनका लागि निरन्तर सक्रिय रहेको नगरपालिकाले, बर्खायाम सुरु हुनुअघि नै सबै वडाहरूमा  वडा नं १ देखि २३ सम्म नाला सरसफाई कार्य सम्पन्न गरेको छ। यस कार्यले नाला भरीएर फोहोर पानी सडकमा बग्ने, डुबान हुने जस्ता समस्याबाट जोगाउन महत्त्वपूर्ण भूमिका खेल्नेछ। सरसफाईले नालाहरूमा जमेको फोहोर, प्लास्टिक, र अन्य अवरोधहरू हटाउँछ, जसले पानीको प्रवाहलाई सहज बनाइ बर्खायाममा हुने डुबान बाट पुरा सहरलाई जोगाउने छ ।

वडा नं एक अन्तर्गत नाला सफाई

नेपालगंज उपमहानगरपालिकाको वडा नं ६ मा हुलाकी राजमार्गदेखि उत्तर दुवै पट्टि पक्की नाला सहित कालोपत्रे गर्ने कार्य तीव्र गतिमा अघि बढिरहेको छ। यो महत्त्वपूर्ण परियोजना स्थानीय जनताको जीवनस्तर सुधार्न, यातायात सुविधा बढाउन, र पानिको निकासी व्यवस्थापनलाई सुधार गर्न लक्षित छ। नाला निर्माण कार्य तीव्र गतिमा अघि बढिरहेको छ र आगामी दिनहरूमा तोकीएको समयमै कालोपत्रे कार्य सम्पन्न हुने अपेक्षा छ।

नेपालगंज उपमहानगरपालिका भौतिक पूर्वाधार निर्माणमा जागरुक नगरपालिकाको उत्कृष्ट उदाहरण हो। भौतिक पूर्वाधार निर्माणले नगरपालिकाको समग्र विकास र स्थानीय जनताको जीवनस्तर सुधारमा महत्वपूर्ण भूमिका खेल्दछ।

सडक निर्माण: नगरपालिकाले मुख्य र सहायक सडकहरूको निर्माण र मर्मतसम्भारमा विशेष ध्यान दिएको छ।   पक्की र कालोपत्रे सडकहरूले यातायातलाई सहज बनाएका छन्।
फोहोर पानी निकासी प्रणाली: नाला निर्माण र सरसफाई कार्यले पानि निकासी व्यवस्थापनमा सुधार ल्याएको छ, जसले बर्खायाममा डुबान र पानि जम्ने समस्या समाधान गरेको छ।
सार्वजनिक भवनहरू: स्वास्थ्य, शिक्षा, र प्रशासनिक कार्यका लागि विभिन्न सार्वजनिक भवनहरूको निर्माण गरिएको छ, जसले जनतालाई सुविधाजनक सेवा उपलब्ध गराएको छ।

जी स स देखि डी के मिल सम्म बाटो निर्माण



नेपालगंज उपमहानगरपालिका भौतिक पूर्वाधार निर्माणमा सुधार गर्नका लागि केही सुझावहरू:

१. सहभागिता बढाउनु: स्थानीय बसिन्दाहरूलाई निर्माण प्रक्रियामा सहभागिता गराउने अवस्था बनाउनुपर्छ। स्थानीय बासीहरुको सकारात्मक सुझाब सुन्ने उनीहरूको सहयोग र साथ अनुसार काम गर्नाले निर्माणकर्मीहरूको लागि आयोजना सम्पन्न गर्न सहज  हुनेछ।

२. आर्थिक संरचनाको सुधार: आर्थिक संरचनामा सुधार गर्नुपर्छ, जसले प्रोजेक्टहरूको वित्तीय स्थिरता र उत्कृष्टता सुनिश्चित गर्दछ। सार्वजनिक राजस्व, बजेट, र अन्य आर्थिक संसाधनहरूको प्रबन्धन र बजारिकरणमा सुधार गर्न  आवश्यक  छ।

3. प्राविधिक सामर्थ्य वृद्धि: प्राविधिक सामर्थ्यलाई वृद्धि गर्न नेपालगंज उपमहानगरपालिकाले प्रशिक्षण, प्रयोगशाला, र अन्य प्राविधिक तालिमहरूलाई प्राथमिकता दिनुपर्छ।

४. सामुदायिक सम्बन्ध विकास: सामुदायिक संगठनहरूसँग सामुदायिक सम्बन्धहरू विकास गर्नुपर्छ। उनीहरूले परियोजनाहरूमा सहभागिता गर्न सक्छन् र स्थानीय जनताले परियोजनाहरूको महत्व बुझी कार्य सम्पादनमा सहयोग प्रदान गर्न सक्छन्।

गणेशमान चोक देखी कारकाँदो चोक सम्म फूटपाथ व्यवस्थापन तथा शौन्दर्यिकरण इन्टरलकिङ्ग बिच्छ्याउने तयारी
छकुने चोक-इदगाह कखला(पोखरी) उत्तर टेकेन्द्र मल्लको घर हुंदै रामजानकी टोल सडक कालो पत्रे गर्ने तथा नाला निर्माणकार्य हुदै
वडा नं १० राजेश श्रीवास घरदेखि बाटो निर्माण




Leave a Reply

Your email address will not be published. Required fields are marked *