न्यायाधीश माथि अभद्र व्यवहार दुखद !

सम्पादकीय

नेपालगन्ज जेठ २९ गते, उच्च अदालत जनकपुर, बीरगञ्ज इजलासका न्यायाधीशमाथि “नेकपा बहुमत”राजनैतिक दलका कार्यकर्ताहरुले कालोमोसो लगाएका छन। सम्मानित अदालत र अदालतका न्यायाधीशको दुर्व्यवहार गरिने कार्य सामान्यतया ठिक हुदै होइन । तर “न्याय गरेर मात्रै हुदैन, न्याय पाएको महसुस पनि हुनुपर्छ” भन्ने कानुनको सर्वमान्य सिद्धान्तको खिलाप न्यायमुर्तिहरु पनि बहकिनु हुदैन भन्ने दृष्टान्त पनि सम्झाएको छ आजको घटनाले ।

तथ्य तोडफोड गर्ने, आफुखुसी व्याखा गर्ने अप्रत्याशित चलन बढेको छ भन्नेकुरा मिडिया, सामाजिक संजाल, सरकारी कार्यालय देखि चियापसलसम्म चर्चामा छ । लगाम बिनाको घोडा बन्ने होडबाजीमा न्यायक्षेत्र दगुर्छ कि भन्ने डर पनि छ । न्यायालय प्रति जनआस्था खस्कियो भने न्यायको अभाव मात्रै होइन कानुनी शासनको राज्य रहदैन भन्ने कुरा पनि बिर्सनु हुदैन ।

गणतन्त्र आएपछि निमुखाको पक्षमा न्याय हुनेछ भन्ने जनअपेक्षा रहेको सर्वविदितै छ, जनताको प्रत्येक्ष सहभागितामा छनौट भइ गठन हुने विधायकहरूद्वारा बनाइने कानुन, सोही कानुन बमोजिम गठित न्यायिक संरचना कानुनी शासनको पक्षमा जान नसके जनविद्रोह हुनसक्छ भन्ने कुरा विभिन्न देशको इतिहासमा छर्लंग छ । इतिहास हेरेर सचेत रहनु कानुन व्याख्याता र कानुनविद्हरुको कर्तव्य पनि हो । यस्ता घटना दोहोरिन नदिन सतर्कता अपनाउन सबै सचेत रहने बाताबरण बन्न जरुरी छ ।

यस्तो दुखद व्यवहार नदोहोरियोस भन्ने कामना गरौँ !

Leave a Reply

Your email address will not be published. Required fields are marked *