राजनैतिक दल उकास्न या भ्रष्टाचारलाई संस्थागत संरक्षण गर्न?
बिस्नु प्रसाद पोख्रेल नेपालगन्ज , हाम्रो देशका प्रवुद्ध वर्ग प्राध्यापक, शिक्षक, डाक्टर, इन्जिनियर, वकिल, अडिटर, पत्रकार, बैंकर्स, उद्योगी, व्यापारी देखि सेवा उद्योगमा संलग्न लाखौं पेसागत व्यक्ति राजनैतिक रुपमा संगठित रहेका छन । यस्ता संगठनको महत्त्व, उदेश्य र उपादेयिता के हो राजनीतिका पुस्तक र सिद्धान्तको पानामा लेखिएको त होला तर व्यवहारमा फिटिक्कै देखिएको छैन । बेलाबखत हुने चुनावमा आफ्नो पक्षमा उभिएलान भनेर राजनैतिक पार्टीहरुले पक्षपोषण गरे पनि गणतन्त्र वा लोकतान्त्रिक पद्धतिमा रहेर मुलुकको हित हुने कार्यमा उनिहरुको उपयुुक्त रहेन । सुकिला मुकिला र सशक्त बौद्धिक बल भएका व्यक्तिहरुको भुमिका संगठित हुदैमा मुलकको लागि बढी हितकर छ भन्ने ठाउँ देखिदैन ।
संगठन त शोषणमा पर्नसक्ने श्रमजीवी वर्ग, कामदार, मजदुर, समयमा मल बीउ सिंचाइ र राम्रो मूल्य पाउन नसक्ने कृषक, ससाना स्तरका असंगठित पेसाकर्मी, सुलभ तथा उचित शिक्षाको माग गर्नुपर्ने विद्यार्थी, पिछडिएको वर्ग, फरक क्षमताको वर्ग, भेगिय जातीय वा लिंगिय विभेदमा पर्नसक्ने वर्गको लागि हक अधिकार र अवसर पाउन संगठनात्मक संयन्त्र जरुरी हुन्छ । तर जसले समाज, राजनीति र अर्थतन्त्र हाक्छ उसैलाई संगठन किन ?
किन?
समाज ठग्न, जथाभावी मोल निर्धारण गर्न वा कार्टेलिङ्ग गर्न ?
धेरैले सोचेका थिए यस्ता पेसागत संगठन ठुला पार्टीको मेरुदण्ड हुन, तर अहिलेको मत संख्या भन्दा निकै बढी यस्ता संगठित व्यक्ति छन तर भोट त आएन । पार्टीको आँखामा पट्टी बाँधेर संस्थागत भ्रष्टाचार गर्न संगठित भएका हुन भन्न नसकेर मात्रै हो, नत्रभने व्यवहारमा यस्तो वर्गको संगठन किन भनेर धेरैजसो सान दलले कुरा उठाउदै आएका हुन । जसमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी पनि एक हो ।
अब देशको हितमा पिछडिएको वर्गलाई संगठित गराउदै हातेमालो गर्ने तर आर्थिकसामाजिक रुपमा सक्षम वर्गको समग्र सीप, लगानी र बौद्धिकतालाई मुलुकको हितमा हुनेगरी समावेश गरेर लाने हो भने कानुनी आधारमा पुर्ण संरक्षण दिने गारेन्टी गर्ने तर अनावश्यक संस्थागत संगठनको खारेजी गर्न लाग्नुपर्छ । अन्यथा संस्थागत भ्रष्टाचारको अन्त्यको मार्गचित्र पनि एकादेशको कथा मात्रै बन्नेछ ।
