एकीकृत समाज सञ्जाल बाँकेद्वारा बडा दसैँको शुभकामना आदानप्रदान, कार्यक्रम सम्पन्न । 

समाचार

नेपालगन्ज, बाँके

एकीकृत समाज सञ्जाल बाँकेको आयोजनामा विजया दशमी तथा सुभ दिपावलीको पावन अवसरमा शुभकामना आदानप्रदान, कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।

सञ्जालका अध्यक्ष माधवप्रसाद पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा बाँके जिल्लामा क्रियाशील ३२ वटा विभिन्न समाज तथा संघ-संस्थाका अध्यक्ष एवं प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रमको पहिलो सत्र सचिव दशरथ चन्दले र दोस्रो सत्र महासचिव राजाराम सुवेदीले सञ्चालन गर्नुभएको थियो।

नेपालीहरूको महान् पर्व बडा दसैँको अवसर पारेर आयोजना गरिएको उक्त कार्यक्रममा उपस्थित सम्पूर्ण प्रतिनिधिहरूले आपसमा शुभकामना साटासाट गर्दै सामाजिक सद्भाव र एकता कायम राख्ने प्रतिबद्धता जनाएका छन्। साथै, सञ्जाललाई थप सुदृढ र प्रभावकारी बनाउन महासङ्घको आगामी कार्ययोजनाका विषयमा गहन छलफल गरी सम्पूर्ण समाजका अध्यक्ष तथा प्रतिनिधिहरूबाट रचनात्मक सुझावहरू संकलन गरिएको छ।सो अवसरमा हाम्रो सुर्खेती समाज बाँके, सल्यान समाज बाँके, विश्व हिन्दू महासंघ बाँके, रूपेली सेवा समाज बाँके, नेवाः दबुः बाँके, लागू औषधविरुद्ध निःशुल्क परामर्श केन्द्र बाँके, सामुदायिक प्रहरी सेवा केन्द्र बाँके, चितवन सेवा समाज बाँके, भैलिया श्रीमान विकास समाज बाँके, गायत्री समाज परिवार बाँके, स्वर्णकार समाज बाँके, पाल्पाली मिलन केन्द्र बाँके, दैलेख समाज बाँके, कालिकोट एकता समाज बाँके, बाजुराली सेवा समाज बाँके, अर्घाखाँची सम्पर्क मञ्च बाँके, अछामी समाज बाँके, झिगु नेवाः गुठी बाँके, स्वास्थ्य सरोकार मञ्च बाँके र मगर सङ्घ बाँके लगायतका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।साथै एकीकृत समाज सञ्जाल बाँकेका पदाधिकारीहरू, सल्लाहकारहरू, जिल्ला स्वास्थ्य समन्वय उपसमिति परिवार तथा आर्थिक एवं कार्यक्रम उपसमिति परिवारको समेत उपस्थिति रहेको थियो।

शुभकामना आदानप्रदान कार्यक्रमकै अवसर पारेर एकीकृत समाज सञ्जाल बाँकेका महासचिव श्री राजाराम सुवेदीज्यूको जन्मदिन पनि हर्षोल्लासका साथ मनाइएको थियो। उपस्थित सम्पूर्ण सहभागीहरूले महासचिव सुवेदीलाई जन्मदिनको शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य र दीर्घायुको कामना गर्नुभएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *