दोस्रो आवधिक योजना स्वीकृत

आवेश पौडेल, बुटवल । लुम्बिनी प्रदेश सरकारको मन्त्रीपरिषद् बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको छ । बिहीवार बसेको बैठकले प्रदेशको विकासको मार्गचित्र तय गर्ने अपेक्षा गरिएको छ । लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले प्रदेशको दोस्रो आवधिक योजना स्वीकृत गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले जनाएका […]

पुरा पढनुहोस

उच्च जोखिमः सकसपूर्ण दाउन्ने यात्रा

बुटवल । बुटवल-नारायणगढ सडकखण्डअन्तर्गत दाउन्ने क्षेत्रको सडक विस्तारकार्य पुरानो सडक भत्काइँदा अहिले उक्त खण्ड भएर यात्रा गर्न चुनौतीपूर्ण बनेको छ । सडक विस्तारका क्रममा भत्काइएका संरचनाहरु समयमै पुनर्निर्माण नहुँदा यात्रुहरुले हैरानी बेहोर्नु परेको छ । सडकखण्डको अन्य क्षेत्रमा धमाधम कालोपत्र गरिए पनि दाउन्ने क्षेत्रमा खाल्डाखुल्टी, साँघुरा घुम्ती, निर्माणका लागि बनाइएका अस्थायी डाइभर्सन र धुलाम्मे बाटोले […]

पुरा पढनुहोस

लुम्बिनी प्रदेशलाई आठ अर्ब अनुदान सिफारिस

बुटवल। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि लुम्बिनी प्रदेशलाई आठ अर्ब ४४ करोड बजेट सिफारिस गरेको छ । आयोगले गरेको सिफारिस अनुसार लुम्बिनी प्रदेशमा न्यूनतम अनुदान दुई अर्ब ४३ करोड १९ लाख, सूत्रमा आधारित अनुदान पाँच अर्ब ६९ करोड ४१ लाख र कार्यसम्पादनमा आधारित अनुदान ३१ करोड चार लाख […]

पुरा पढनुहोस

विश्वकै अग्लो त्रिशूल

दाङ । दाङको धर्नामा पाण्डवेश्वर महादेव मन्दिरको आकर्षणका रुपमा विश्वकै अग्लो त्रिशूल रहेको छ । ५५.५ फिट अग्लो र ४४ इन्च गोलाइ भएको त्रिशूल २०७१ साल कात्तिकमा स्थापना गरिएको थियो । त्रिशूलमा जगको भागसहित १३ हजार ३८० किलो धातु प्रयोग भएको बताइन्छ । सात हजार ७१८ किलो फलाम, २०५ किलो तामा र १० किलो काँस […]

पुरा पढनुहोस

बुटवलमा कुकुर हरुको बिगबिगि कुकुरको टोकाइ बाट दुई सयबढी पीडित

आवेश पौडेल, बुटवल । बुटवलमा दिनदहाडै कुुकुरको टोकाईबाट सर्वसाधारणहरु पीडित बन्न पुगेका छन् । फाल्गुन २७ गतेदेखि गोलपार्कमा कुकुरको टोकाईबाट एकैदिन ४५ जना पीडित बन्न पुगेको प्राप्त तथ्यांकले देखाएको छ । सोही ट्राफिक चोकमा सावित्रा काइरालालाई टोक्दा हातको ठूलो नशा र मासुको भाग लगेर फ्याक्चर भएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उनको गत आइतवार अप्रेसन गरिएको […]

पुरा पढनुहोस

वर्तमान सरकार इगो साँध्ने र सताउनेमा अल्झियो:प्रचण्ड

आवेश पौडेल, रुपन्देही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सत्ता गठबन्धन सरकार भ्रष्टाचारीलाई जोगाउने र आफ्ना विरुद्ध आवाज उठाउनेलाई इगो साँधेर सताउने र मुद्धा लगाउने बाहेक अन्य कुनै प्रगति गरेको बताएका छन् । मगर राष्ट्रिय मुक्तिमोर्चाको छैठौं राष्ट्रिय सम्मेलनको समुद्घाटन कार्यक्रमलाई बुधबार (आज) बुटवलमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले मैले नेतृत्व गरेको सरकारले […]

पुरा पढनुहोस

दाङ-रुपन्देही सम्पर्क समाजस् स्थापना दिवसमा बृहत सरसफाई

आवेश पौडेल, बुटवल । दाङ-रुपन्देही सम्पर्क समाज रुपन्देहीको पहिलो स्थापना दिवस मंगलबार (आज) बुटवलको नयाँ बसपार्कमा बृहत सरसफाई कार्यक्रम गरी मनाइएको छ । २०८० साल फाल्गुन २७ गते जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा दर्ता भई दाङबाट स्थायी र अस्थायीरुपमा रुपन्देहीमा बसोबास गर्दै आएका दाङबासीहरुलाई जोड्दै समाजले सामाजिक एवं मानवीय सेवामा निरन्तर कार्य गर्दै आएको छ । […]

पुरा पढनुहोस

नदिजन्य पदार्थ अभाव खेप्दै चौराहा–चिडियाखोला ६ लेन सडक

गगन पौडेल , रुपन्देही । दलहरुको चुनावी एजेण्डासमेत बनेको बुटवलको चौराह चिडियाखोला ६ लेन सडक आठ वर्षसम्म पनि नबनेपछि ठेक्का तोडेर पुनः ठेक्का सम्झौता गरेपछि अहिले धमाधम निर्माणकार्य काम भइरहेको छ । २०७३ साल चैत १७ गते सम्झौता भई २०७६ सालभित्र सडक विस्तारकार्य सक्नेगरी ठेक्का लगाइएको थियो । तीन वर्षभित्र निर्माणकार्य सम्पन्न गर्नेगरी ठेक्का पाएको […]

पुरा पढनुहोस

गौतमबुद्ध विमानस्थलमा अन्तराष्ट्रिय उडानमा ग्रीन सिग्नल

आवेश पौडेल, रुपन्देही । २०८१ जेठ २ गतेबाट जजिरा एयरलाइन्सले अन्तराष्ट्रिय उडान शुरु गरेको देशकै दोस्रो गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलमा हाल चार वटा विमानहरुले उडान भर्दै आएका छन् । शुरुवाती उडान भरेको जजिरा एयरलाइन्सले अहिले पनि उडान भर्दै आएको छ । २०७४ जेठ १९ गतेभित्र निर्माणकार्य गरिसक्नेगरी निर्माण शुरु गरिएको आयोजना ढिलो निर्माण भएपनि लामोसमयसम्म अन्तराष्ट्रिय […]

पुरा पढनुहोस

बुटवलमा भेप तस्करी विरुद्ध मुद्दा दायर

आवेश पौडेल, बुटवल। राजस्व अनुसन्धान विभागअन्तर्गत राजस्व अनुसन्धान कार्यालय, बुटवलले इलेक्ट्रिक सिगरेट (भेप) को अवैध कारोबार गरी राजस्व चुहावट गरेको कसुरमा चार जनाविरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको छ । राजस्व चुहावट गरेको कसुरमा राजस्व कार्यालय बुटवलले अनुसन्धान गरी काठमाडौँको डाइमण्ड इन्टरनेसनलका प्रोप्राइटर सुमन पराजुलीसमेत चार जनाविरूद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा […]

पुरा पढनुहोस