नेपालगञ्ज, बाँके — नेपाल एसोसिएसन अफ टुर्स एण्ड ट्राभल एजेन्ट्स (NATTA) बाँके च्याप्टरको चौथो वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा तुल्सी होलिडेजका प्रबन्ध निर्देशक पदम सुवेदी सम्मानित भएका छन्। पर्यटन क्षेत्रमा निरन्तर सक्रिय रहँदै उल्लेखनीय योगदान पुर्याएबापत उनलाई ‘उत्कृष्ट NATTA सदस्य सम्मान–२०८३’ प्रदान गरिएको हो।
कार्यक्रममा NATTA बाँके च्याप्टरले सुवेदीको व्यावसायिक क्रियाशीलता र पर्यटन प्रवर्द्धनमा खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै यो सम्मान प्रदान गरेको जनाएको छ।
सम्मान ग्रहण गरेपछि प्रतिक्रिया दिँदै प्रबन्ध निर्देशक सुवेदीले प्राप्त सम्मानले आफूलाई पर्यटन क्षेत्रमा अझ सक्रिय भएर काम गर्ने ऊर्जा, उत्साह र जिम्मेवारी थपिएको बताउनुभयो ।
“यो सम्मान मेरो मात्र नभई पर्यटन क्षेत्रमा निरन्तर साथ, सहयोग र योगदान गर्नुहुने सम्पूर्ण सहकर्मी तथा शुभेच्छुकहरूको सम्मान हो,” सुवेदीले भन्नुभयो ।
साथै, उहाँले आगामी दिनहरूमा पनि पर्यटन प्रवर्द्धन, व्यावसायिक एकता तथा बाँके क्षेत्रलाई केन्द्रमा राखेर समग्र नेपालको पर्यटन विकासमा अझ प्रभावकारी र निरन्तर योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थीयो ।
