मिटरब्याज पिडित हरुको स्वास्थ्य अवस्था बिग्रिदै

मिटरब्याज पीडित भइ न्याय खोज्न महोत्तरीबाट पैदल काठमाडौं आएका मिटरब्याज पीडितलाई उचित बस्ने खाने व्यवस्था नहुदा उनीहरुको स्वास्थ्यमा समस्या देखिन थालेको छ ।महोत्तरीको बर्दिबासबाट चैत २ मा पैदल यात्रा थालेका मिटरब्याजपीडितहरू आइतबार काठमाडौं आइपुगेका थीए  । आज स्वास्थ्यकर्मी को टोलीले गरेको जाँचमा ९ जनामा चिसोको समस्या देखिएको हो । स्वास्थ्यमा समस्या देखिएका ४ जनाको बिर अस्पतालमै […]

पुरा पढनुहोस

अर्थशास्त्री स्वर्णिम वाग्लेले कांग्रेस पार्टीबाट अलग भएको घोषणा गरेका छन्।

नेपाली काँग्रेसबाट अलग भएको घोषणा… वि.स २०४२ सालको ‘सत्याग्रह’ र २०४६ को जनआन्दोलन देखिको मेरो संलग्नता एवं ५० वर्षदेखिको पारिवारिक विरासत गाँसिएको नेपाली काँग्रेस पार्टीबाट अलग हुने निर्णय गरेको छु। त्यस पार्टीभित्र ३० वर्षदेखि परोक्ष र गत १० वर्षदेखि प्रत्यक्ष रुपमा आर्थिक नीति र योजना, बौद्धिक-सैद्धान्तिक विमर्श र प्रशिक्षण एवं अन्तर्राष्ट्रिय वैधताको विस्तारमा उल्लेख्य योगदान […]

पुरा पढनुहोस

मानवता नेपाल बाँकेको अध्यक्षमा अधिकारी

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आफ्नो परिचय दिन सफल मानवता नेपाल बाँकेको प्रथम साधारणसभा तथा अधिबेशन सम्पन्न भएको छ । आज भएको प्रथम अधिबेशनबाट अध्यक्ष पदमा मधुसूदन अधिकारी अध्यक्ष पदमा सर्वसम्मत चयन भएका छन् । त्यसैगरी नव निर्वाचित पदाधिकारीहरुमा उपाध्यक्ष पदमा सुमन गिरी श्रेष्ठ, सचिव पदमा के.पी. घिमिरे, सहसचिव पदमा इन्जिनियर नेत्र प्रसाद […]

पुरा पढनुहोस

कोशी प्रदेश नामकरण विवाद टुंगो लगाउन छानबिन समिति गठन

प्रदेश नं एक को नाम कोशी प्रदेश राखेको बिषयलाई लिएर मोरङको बिराटनगरमा भएको प्रदर्शनमा एक जनाको मृत्यु भएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन सरकारले आज छानबिन समिति गठन गरेको छ। गृह मन्त्रालयद्वारा विज्ञप्ति जारी गर्दै मन्त्रालयका सह सचिब रामबन्धु सुवेदीको संयोजकत्वमा छ सदस्यीय छानबिन समिति गठन गरिएको छ। प्रदेश नामकरण बिषयको बिबादमा भएको प्रदर्शनमा लाजेहाङ लिम्बु […]

पुरा पढनुहोस

राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र लेटर ग्रेडिङ निर्देशिका अनुरुप ग्रेड सिट तयार गर्न पाठ्यक्रम विकास केन्द्रको निर्देशन

पाठ्यक्रम विकास केन्द्रले कक्षा ५, ८ र ९ मा ग्रेड सिट तयार गर्ने निर्देशन जारी गरेको छ ।शैक्षिक सत्र २०७९ का लागि विद्यार्थी मूल्याङ्कन गरी ग्रेडसिट तयार गर्दा विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप २०७६ र लेटर ग्रेडिङ निर्देशिका, २०७८ को परिधिमा रही गर्न निर्देशन दिएको छ रशैक्षिक सत्र २०७९ मा कक्षा ९ मा अनिवार्य विषयका […]

पुरा पढनुहोस

संशोधित लाभांशले जीबन बिकाश लघुवित्तका लगानीकर्ता निराश

काठमाडौँ:जीवन विकास लघुवित्त वित्तिय संस्था लिमिटेड (JBLB) ले घोषणा गरेको लाभांशलाई संशोधन गर्दै चुक्ता पूँजीको १४.२८५ प्रतिशत बोनस शेयर र ०.७१४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अघि सारेको छ।यसअघि लघुवित्तले २६ प्रतिशत बोनस शेयर र ७.१५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको थियो।   साधारण सभा तथा लाभांश प्रयोजनका लागि लघुवित्तले […]

पुरा पढनुहोस

५ जना एआईजीहरु आईजीपी बन्ने दौडमा- आज बस्ने मन्त्रिपरिषद्को बैठकले आईजीपी नियुक्त गर्दै

काठमाडौँ :आज हपरान्ह ४ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बस्ने मन्त्रीपरिषद्को बैठक ले प्रहरी महानिरीक्षक (आईजिपी) नियुक्ति गर्ने छ । आजबाट प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह अवकाशमा जाँदै छन् । उनको अवकाससँगै ५ जना एआईजीहरुको आईजीपी बन्न प्रतिष्पर्धा छ । मुख्य प्रतिस्पर्धा वसन्त कुँवर र श्यामलाल ज्ञवाली बीच रहेपनि वसन्त कुँवर, टेकप्रसाद राई, दीपक थापा, […]

पुरा पढनुहोस

ग्यास बोकेको ट्रक दुर्घटना हुदा तीन जनाको घटनास्थलमै मृत्यु

नेपालगंज :नेपालगञ्जबाट दैलेखका लागि ग्यास लिएर जाँदै गरेको भे १ ख २२०१ नम्बरको ट्रक गुराँस गाउँपालिका ४ तालपोखरी बजार नजिक बुधबार विहान दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। मृत्यु हुनेहरुमा चालक कृष्ण चौधरी, लक्षिराम चौधरी र विष्णु चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका डिएसपी किसोर लम्सालले जानकारी […]

पुरा पढनुहोस

तोकिएको समयमै स्वबियु निर्वाचन मतदान सुरु 

नेपालगंज: महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा बिहान ८ बजे देखि स्वतन्त्र विद्यार्थी युनियन निर्वाचनको मतदान सुरु भएको छ। जम्मा ४१२२ जना विद्यार्थी मतदाता रहेको यस  क्याम्पसमा ८ वटा मतदान बुथ सञ्चालन गरिएको छ। मतदानमा उल्लेख्या विद्यार्थी हरुको सहभागिता रहेको छ।मतदान बेलुका ५ बजे सम्म हुनेछ।

पुरा पढनुहोस

रासायनिक मलको अनुदान नहटाउने मन्त्रिपरिषदको निर्णय

काठमाडौं : सरकारले रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने निर्णय गरेको छ।कृषि तथा पशुपक्षी विकास मन्त्रालयको विषयगत समितिले गरेको निर्णय रोक्दै सरकारले मलमा अनुदान नहटाउने निर्णय गरेको हो।आज सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले रासायनिक मलमा दिँदै आएको अनुदान कटौती नगरी यथावत् राख्ने निर्णय गरेको हो। बैठकले रासायनिक मलमा दिँदै आएको अनुदानबारे विस्तृत अध्ययनपछि आवश्यक निर्णय गरी आगामी […]

पुरा पढनुहोस