बैंक तथा वित्तिय संस्था को मनोमानी बिरुद्ध आन्दोलनको लागि – व्यवसाय तथा व्यवसायी उथान संघर्ष समिति गठन

समाचार

नेपालगंज: नेपालगंज उद्योग वाणिज्य संघको आयोजनामा नेपाल सरकारको अव्यवहारिक कर नीति, बैंक तथा वित्तिय संस्थाको मनोमानी उद्योगी, व्यवसायीहरुले भोग्नु परेका समस्या सम्बन्धि बाँके र बर्दिया जिल्लाका उद्योगी, व्यवसायी प्रतिनिधिमूलक संघ, संस्था तथा उद्योगी, व्यवसायीहरु बीच बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

https://youtu.be/v7k-Qu3TcxA?si=tOJ4acMHvIWzU3by

नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेका अध्यक्ष श्री टंक बहादुर धामीज्यूको अध्यक्षता तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य एवम् नेपालगंज उ.वा.संघ, बाँकेका निवर्तमान अध्यक्ष श्री अब्दुल वाहिद मन्सुरीज्यूको प्रमुख आथ्यितामा संघको सभाहलमा सम्पन्न उक्त कार्यक्रममा बाँके र बर्दिया जिल्लाका जिल्ला/नगर उ.वा.संघका अध्यक्ष तथा प्रतिनिधि, घरेलु महासंघका केन्द्रिय, प्रदेश, जिल्ला तथा नगरका अध्यक्ष एवम् प्रतिनिधि, व्यवसायिक सरोकार मञ्च बाँकेका अध्यक्ष एवम् प्रतिनिधि, बाँके अटोमोबाइल एसोसिएसनका अध्यक्ष एवम् प्रतिनिधि र उद्योगी, व्यवसायीहरुको उपस्थिती रहेको थियो ।

https://youtu.be/VHM0kLEHha8?si=WRl2p6o4cezwz5Qo

https://youtu.be/XrSkzotCpPc?si=tt9zwMWahCjcikWf

बृहत छलफल पश्चात आनदोलनका लागि संस्थागत सहभागिता तथा उद्योगी, व्यवसायीको प्रतिनिधित्व रहने गरि ४१ सदस्यीय सचिवालय र १००१ सदस्यीय मूल समिति रहने गरि व्यवसाय तथा व्यवसायी उथान संघर्ष समिति गठन गरेको छ । उक्त समितिको नेतृत्व नेपालगंज उद्योग वाणिज्य संघ, बाँकेका अध्यक्ष श्री टंक बहादुर धामी र सदस्य सचिवको जिम्मेवारी संघका महासचिव श्री भीम बहादुर रानाभाट ले गर्नेछन । साथै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य श्री अब्दुल वाहिद मन्सुरीज्यू संरक्षक, नेपालगंज उ.वा.संघ, बाँकेका पूर्व अध्यक्ष हरु र नेपाल घरेलु तथा साना उद्योग महासंघ, बाँकेका केन्द्रिय सदस्य एवम् पदाधिकारीहरु सल्लाहकारमा रहने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *