विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षकलाई कारबाही गर्न अनेरास्ववियु क्रान्तिकारी बाँकेको माग

समाचार

कोहलपुर : बाँकेको कोहलपुमा रहेको त्रिभुवन मा.वि. मा अध्यापन गराउने शिक्षकले आफ्नै एक विद्यार्थीलाई अश्लील म्यासेज पठाएको अनेरास्ववियु क्रान्तिकारीले थाहा पाएपछि प्रेस विज्ञप्ति निकालेको छ ।

अखिल क्रान्तिकारी बाँके जिल्ला अध्यक्ष सुनिल बटालाले एक प्रेस विज्ञप्ति प्रकाशित गरि आफुले पढाउने विद्यार्थीलाई अश्लील म्यासेज पठाउने शिक्षक राम बहादुर थारुको कुदृष्टि र गिद्दे नजरप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।

प्रेस विज्ञप्तिमा यस्तो हर्कत गर्ने शिक्षकलाई कानुनी कारबाही गर्न अनेरास्ववियु क्रान्तिकारी विद्यार्थी संगठनले माग सम्बन्धित निकायसँग अनुरोध गरिएको छ । यदि कारबाही नगरिएमा अनेरास्ववियु क्रान्तिकारीले कारबाही गर्ने र त्यसको जिम्मेवार सम्बन्धित निकायले लिनुपर्ने विज्ञप्तिमा बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *