लेनदेन मुद्दामा फरार रहेका प्रतिवादी बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ बस्ने बर्ष ३८ को गुड्डु कसगर पक्राऊ परेका छन ।
सम्मानित बाँके जिल्ला अदालतले २०८० असोज १९ गते लेनदेन बिगो बापत मुद्दामा २ बर्ष कैद सजाय सुनाएको थीयो। अदालतको आदेश पश्चात फरार रहेका कसगरलाई प्रहरीले तिब्र रुपमा खोजि गरिरहेको र आज पक्राउ गर्न सफल भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए।
पक्राउ पश्चात उनलाई सम्मानित जिल्ला अदालत बाँके मा बुझाएको प्रहरी नायब उपरीक्षक डाँगी ले नागरिक धारलाई बताए।