नमूना युवा संसद लुम्बिनी २०८० भव्यताका साथ सम्पन्न

शिक्षा समाचार

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १५३ जना बढी  कानुन अध्ययनरत विद्यार्थीहरुको  सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० सम्पन्न भएको छ ।

नयाँ युवा नयाँ सोच नेपाल बाँके जिल्ला संयोजक छत्र सुनारको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा बाँके क्षेत्र नं २ का संघीय सांसद डा. धवल शमशेर राणा, अतिथिहरुमा अधिवक्ता लेखाराम श्रीवास्तव,मानवता नेपाल बाँकेको उपाध्यक्ष सुमन गिरी श्रेष्ठ, लर्ड बुद्ध एजुकेशन एकेडेमी लि. कर्मचारी संगठनको सभापति रत्ना गिरी, पत्रकार केपी घिमिरे, कृष्ण दर्शन, लगायतको उपस्थिति रहेको थीयो ।

नयाँ युवा नयाँ सोच नेपालका केन्द्रिय कार्यक्रम संयोजक विनोद खत्रीले दुई दिनसम्म प्रमुख प्रशिक्षणको भूमिका निर्वाह गर्नु भएको हो । नमुना युवा संसद लुम्बिनी-२०८० समापन कार्यक्रम बोल्दै डा. राणाले संसद भवन र यहाँ उस्तै उस्तै अभ्यास गरेकोमा खुसी व्यक्त गर्दै यदि आफुले दोस्रो जीवन पाएमा कानुन विषयको अध्ययन गर्ने बताउनुभयो ।

सहभागीहरु स्वयं सत्तापक्ष एवं प्रतिपक्षमा विभाजन भइ सांसद, मन्त्री, प्रधानमन्त्री, सचेतक लगायत विभिन्न जिम्मेवारी प्रदान गरि संसद अधिवेशन आह्वान हुँदै शून्य समय, विषेश समय तथा विधेयक पेश गरि त्यस उपरको सैद्धान्तिक छलफल, दफाबार छलफल, संसोधित पेश हुँदै पारित सम्मको प्रक्रिया भएको हो ।

वि.सं २०७४ सालमा स्थापित नयाँ युवा नयाँ सोच नेपालले आफ्नो ४ कार्यक्षेत्र मध्ये “शैक्षिक-बौद्धिक” कार्यक्षेत्र अन्तर्गत  रहेर स्थापना कालदेखि नै नियमित रुपमा यस्ता कार्यक्रमहरु देशव्यापी रुपमा विद्यालय स्तरीय, नगर स्तरीय, जिल्ला स्तरीय एवं प्रदेश स्तरीय रुपमा आयोजना गरिरहेको संस्थाका संस्थापक केन्द्रीय  अध्यक्ष मुकुन्द दिप मडैले बताएका छन् ।

संस्थाका बाँके जिल्ला सदस्य बिबेक शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । कार्यक्रममा  उत्कृष्ट बहसकर्ता, उत्कृष्ट अनुसन्धानकर्ता एवं उत्कृष्ट नेतृत्वकर्ता गरी ३ विधामा उत्कृष्ट  सहभागीहरुलाई प्रमाणपत्र र मेडल दिइएको हो भने अन्य सहभागी र सहयोगी संस्था सबैलाई प्रमाणपत्र वितरण गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *