नेपालगंज: नेपालगंज वडा नं १ का वडा अध्यक्ष प्रमोद रिजालले शिक्षा संग संगै शारीरिक र मानसिक रुपमा स्वस्थ मानिसले मात्रै देश बिकाशमा टेवा पुर्याउन सक्ने भन्दै त्यसका लागि खेलकुद र योग उत्तम विकल्प हुने बताएका छन।
आदर्श माध्यामिक बिधालय को स्पोर्ट्स विक सुरुवातको अवसरमा नेपालगंज उपमहानगरपालिका वडा नं १ स्थित एन्फा ग्रास रुट ट्रेनिंग सेन्टरमा स्पोर्ट्स विक कार्यक्रम को उद्घाटन गर्दै रिजालले भने ‘ हाम्रा यीनै भाइबहिनि हरु भबिस्यमा राष्ट्रिय स्तरको खेलाडी बन्ने हुन र यीनै प्रतिभा हरु लाई हामीले अहिले अवसर दिनु पर्छ धम्बोझी लाई खेलकुद हब बनाउन मेरो कार्यकालमा हरदम प्रयास रहनेछ’
वडा अध्यक्ष रिजालले आदर्श मा.बि ले खेलकुद लाई महत्व दीएकोमा आगामी दिनमा समेत खेल लाई निरन्तरता दिन आग्रह गर्दै धन्यवाद दिएका छन । कार्यक्रममा आदर्श माध्यामिक बिधालय का चिफ डाइरेक्टर ईश्वर पोखरेल, एकेडेमीक एड्भाइजर प्रकाश लामिछाने, सहायक प्राचार्य टंक गौतम, सनबिम मा .बि का डाइरेक्टर पवन गौतम ब्याडमिन्टन प्रशिक्षक जनार्दन रत्न मल्ल, भलिबलका पूर्व खेलाडी एवम् प्रशिक्षक सञ्जय शर्मा उपाध्याय, विद्यार्थी , शिक्षक लगायत को उपस्थती रहेको थीयो ।
व्याडमिन्टन, लंगजम्प, खो खो , फूटबल, १०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, ३००० मिटर दौड, पिरामिड दौड ,सांगितिक कुर्सीदौड लगायतका खेल हरु स्पोर्ट्सर्ट विक मा राखिएको बिधालयले जनाएको छ । साथै पुरुष शिक्षकहरुका लागि फुटबल र महिला शिक्षकका लागि सांगितिक कुर्सी दौड पनि राखिएको छ ।