नेपालगंज उपमहानगर भित्र रहेका विद्यालयहरूको बर्गिकरण जी.भी.एन.मावि सहित १३ बिधालय क बर्गमा

शिक्षा

नेपालगंज: नेपालगन्ज उपमहानगरपालिकाले उपमहानगरभित्र रहेका विद्यालयहरूको क, ख र ग श्रेणीमा वर्गीकरण गरेको छ । उपमहानगर क्षेत्र भित्रका ८१ वटा विद्यालय मध्ये १४ वटा विद्यालयले प्रक्रिया पूरा नगरेका कारण बर्गिकरण मापदण्डमा सामेल हुन सकेका छैनन तर उनीहरूले ५ हजार जरिवाना तिरेर फारम भर्न सक्ने व्यवस्था मिलाइएको नेपालगन्ज उपमहानगरपालिका शिक्षा महाशाखा प्रमुख गोर्ख बहादुर थापाले बताएका छन । 

शिक्षा समितिका अनुसार, क वर्गमा १३ वटा विद्यालय परेका छन् । जी.भी.एन.मावि , गोल्डेन एबिसी एकेडेमी, एन्जलस मावि, होलिल्याण्ड मावि, नेपालगन्ज मोडेल एकेडेमी, स्प्रिङ्ग डेल एकेडेमी, सेन्ट थोमस ई.मि. स्कुल, यूनाइटेड एजुकेसन एकेडेमी, जय बागेश्वरी मावि,सोफिया रेजिडेन्सियल इंगलिस स्कुल, माेर्डन पब्लिक मावि, आदर्श मावि, र होप इन्टरनेशनल स्कुल गरी १३ विद्यालय लाइ उपमहानगरपालिकाको शिक्षा महाशाखाले क वर्गमा सूचिकृत गरेको हो ।

बर्गिकरणको क वर्गमा परेका विद्यालयले आधारभूत तहमा मासिक अधिकतम ४ हजार ५००, ख वर्गमा परेका विद्यालयले मासिक अधिकतम ३ हजार ७५० र ग वर्गका विद्यालयले मासिक अधिकतम ३ हजार शुल्क लिन पाउने छन । त्यस्तै माध्यमिक तह तर्फ क वर्गमा परेका विद्यालयले मासिक अधिकतम ५ हजार ५००, ख वर्गका विद्यालयले ४ हजार ६०० र ग वर्गका विद्यालयले ३ हजार ७५० शुल्क लिन पाउने छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *