नागरिक उन्मुक्ति पार्टीमा वार की पार को लडाइ

समाचार

नेपालगन्ज असार १७ गते। नागरिक उन्मुक्ति पार्टीको प्रदेशमा देखिएको विवाद अब केन्द्रमा छताछुल्ल भएको छ । पार्टीका बहुमत सांसदले रञ्जिता श्रेष्ठलाई पार्टीको संसदीय दलको नेताबाट हटाइएका छन् ।

आइतबार बसेको संसदीय दलको बैठकमा बहुमत सदस्यहरूको उपस्थितमा सो निर्णय गरिएको हो । संसदीय दलका नेताको पदमा रहेकी श्रेष्ठलाई हटाएर गंगाराम चौधरी डगौरालाई संसदीय दलको नेता चयन गरिएको छ ।

त्यस्तै प्रमुख सचेतक पदमा रहेका डगौराको स्थानमा लालवीर चौधरीलाई प्रमुख सचेतक बनाउने निर्णय सर्वसम्मतिबाट पारित गरिएको नागरिक उन्मुक्ति पार्टीको विज्ञप्तीमा उल्लेख छ ।

आफूलाई संसदीय दलको नेताबाट हटाइएको बारेमा कुनै जानकारी नभएको रञ्जिताले बताएकी छन् । उनले आफूलाई कुनै जानकारी नभएको र कसैले टीकापुरमा बसेर गरेको निर्णय नमान्ने बताएकी छन्।

यता प्रमुख सचेतक बनाइएका लालवीर चौधरीले भने संसदीय दलको नेता र प्रमुख सचेतक परिवर्तन गरिएको जानकारी दिँदै आफूहरु काठमाडौं आइपुगेको बताएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *