नेपालगन्ज साउन ९ गते। नेपालगन्ज बिपी चोक स्थित नेपालगन्ज नेशनल हस्पिटलले बुधबार देखि औपचारिक रुपमै सेवा प्रबाह सुरु गरेको छ। बिधिबत रुपमा पुजा गरी सेवा सुरु गरिएको अस्पतालका संचालक राजन बिसीले बताउनुभयो । नेपालगन्ज उपमहानगरपालिका कार्यालय को सामुन्ने प्रधान कार्यालय रहने गरी अस्पताल संचालनमा आएको हो।
आजैका दिनदेखि ओपीडी सेवा अन्तरगत नाक कान घाटी, स्त्री तथा प्रसुती रोग,नवजात शिशु तथा बालरोग, हाड जोर्नी तथा नाशारोग, छाला तथा यौनरोग, नशा मस्तिष्क तथा मानसिक रोग, जनरल मेडिसिन, ल्याब, फार्मेसी लगाएतका स्वास्थ्य सेवा विशेषज्ञ डाक्टर, ल्याब टेक्निसियन र फार्माशिस्ट द्वारा सरल सुलभ र गुणस्तरीय सेवा प्रबाह सुरु भईसकेको, र केहि हप्ता भित्रै बिरामी भर्ना, अपरेसन, एक्सरे लगाएतका सेवा संचालन हुनेअस्पतालका संचालक बिसीले बताउनुभयो।
नेपालगन्ज हालका दिनमा स्वास्थ्य हबका रुपमा विकास भइरहेकै बेला स्वास्थ्य सेवामा थप नागरिकको सहज पहुच होस भन्नका लागि आफुहरुले अस्पताल संचालन गर्न लागेको र सेवा लिन आउने हरेक सेवाग्राहीलाइ थप समस्या हुन नदिने एबम उपचारमा सम्पूर्ण शक्ति लगाई काम गर्न आफुहरु प्रतिबद्द रहेको संचालक बिसीले बताउनुभयो ।