नेपालगंज: बाँके जिल्ला खजुरा गाउँपालिका वडा नं २ मा मोडेल आइ टि एफ तेक्वान्दो एकेडेमी द्वारा आयोजित प्रथम आमन्त्रित अन्तरप्रदेश आइटीएफ तेक्वान्दो खुल्ला प्रतियोगीता भव्यताका साथ सम्पन्न भएको छ।भाद्र १९ र २० गते गरि दुइ दिन चलेको प्रतियोगीतामा २८० जना खेलाडीहरु सहभागी भएका थीए।
खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बि.क को अध्यक्षता विशिष्ट अथिति खजुरा गाउँपालिका उपाध्यक्ष मन्जु मल्ल, अन्तर्राष्ट्रिय महासंघ अध्यक्ष प्रविन कार्की, खजुरा गाउँपालिका वडा नं २ का वडा अध्यक्ष धनराम वली, वडा नं ४ का वडा अध्यक्ष टेक बहादुर रोका, लुम्बिनी प्रदेश खेलकुद परिषद सदस्य डी बि तामाङ, वडा नं २ का वडा सदस्य मिना सुनार, नेपाल आइ टि एफ तेक्वान्दो बाँके जिल्ला अध्यक्ष नरेन्द्र बहादुर ओली लगाएत कोशी प्रदेश ,सुदूरपश्चिम प्रदेश का अध्यक्ष, कर्णाली प्रदेशका मुख्य प्रशिक्षक, जिल्ला आइटी एफ अध्यक्ष कालिकोट,दाङ ,बर्दिया लगाएतका अथितिहरुको उपस्थिति रहेको कार्यक्रम को संचालन नेपाल आइ टि एफ तेक्वान्दो बाँके जिल्ला महासचिब जगदीश भट्टले गर्नुभएको थीयो।
प्रतियोगीतामा पुरुष र महिला दुवै तर्फ ८ वटा तौल समुहमा प्रतिस्पर्धा गराईएको थीयो। महिला तर्फ २१-२५ केजी तौल समुहमा राइका चौधरी प्रथम, स्मृति बुढा दोश्रो , कृष्ण सारु मगर र जेनिशा शाह तृतीय स्थान हासिल गरेका छन, त्यस्तै २६-३० केजी तौल समुहमा दिव्या थापा प्रथम, पुष्पा थापा दोश्रो , मनुसी थापा र आसिम विष्ट तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ३१-३५ केजी तौल समुहमा संगीता खत्री प्रथम ,सबिना नेपालि दोश्रो, पुर्णिमा सुनार र कविता नेपालि तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ३६-४० केजी तौल समुहमा एलिसा बि क प्रथम,रेबिना पुरी दोश्रो,मनिषा चौसिर र हेमा शाह तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ४१-४५ केजी तौल समुहमा हिरा शाही प्रथम , गरिमा चौधरी दोश्रो, रिता राना र आरति बुढा तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ४६-५० केजी तौल समुहमा रक्षा राजी प्रथम ,प्रकृति सुनार दोश्रो, कृष्ण आग्री र भुमि सुनार तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ५१-५५ केजी तौल समुहमा लक्ष्मी शाही प्रथम,स्मृति सुनार दोश्रो, सदिक्षा पुन र बन्दना राजी तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ५६-६० केजी तौल समुहमा बिनिता बुढा प्रथम ,रुपा धामी दोश्रो, प्रेरणा विष्ट र लिला घर्ति तृतीय स्थान हासिल गरेका छन।
पुरुष तर्फ २१-२५ केजी तौल समुहमा अर्पित कठायात प्रथम, गौरब रोकाया दोश्रो , बिपिन कुवर र श्याम खटिक तृतीय स्थान हासिल गरेका छन, त्यस्तै २६-३० केजी तौल समुहमा कमल बोहोरा प्रथम, प्रिन्स भुजुवा दोश्रो , असिम बुढा र रोहित सिंह तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ३१-३५ केजी तौल समुहमा सुभम नेपालि प्रथम ,शुभम कुवर दोश्रो, पारस बुढा र सफल भिसी तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ३६-४० केजी तौल समुहमा दिपेस पुन मगर प्रथम,बिकल्प बस्नेत दोश्रो,मनोज राना र गोपाल सारु मगर तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ४१-४५ केजी तौल समुहमा भुजेश नाथ प्रथम , रोहन विष्ट दोश्रो, हिरालाल थापा र विप्लब राज पोख्रेल तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ४६-५० केजी तौल समुहमा कृष्ण बाल्मिकी प्रथम गणेश वली दोश्रो, मेराज कसगर र दिनेश बहादुर बोहोरा तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ५१-५५ केजी तौल समुहमा आयुष नेपाली प्रथम,सन्तोष बुढा मगर दोश्रो, भुपेन्द्र वली र जीवन पनेरु तृतीय स्थान हासिल गरेका छन, त्यस्तै ५६-६० केजी तौल समुहमा अर्जुन नेपाली प्रथम ,प्रकाश आले दोश्रो, सुर्य सुनार र खगेन्द्र जिसी तृतीय स्थान हासिल गरेका छन।