उपचारमा लापरबाही-अस्पताल दोषी ठहर

समाचार

नेपालगंज: नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंज ले बिरामीको उपचारमा लापरबाही गर्दा नेपालगंज २ घरबारीटोल बस्ने मानितलाल श्रेष्ठको अकालमै ज्यान गएको भन्दै मृतककी श्रीमती नम्रता श्रेष्ठले २०७६ साल श्रावण ३१ गते क्षतीपुर्तीको माग सहित बाँके जिल्ला अदालतमा मुद्दा दायर गरेकी थीईन। सो मुद्दामा जिल्ला अदालत बाँकेले पिडितको पक्षमा फैसला सुनाउदै मृतक परिवारलाई २६ लाख १० हजार क्षतिपूर्तिको आदेश गरेको थीयो।

नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालले बिरामीको उपचारमा लापरबाही गरेको ठहर गर्दै उच्च अदालत तुलसीपुर नेपालगंज इजलासले पनि जिल्ला अदालत बाँकेकै फैसलालाई सदर गरेको छ। उच्च अदालत लसीपुर नेपालगंज इजलासका न्यायाधीश चन्द्रबहादुर सारु र गोबिन्द जोशीको संयुक्त इजलासले क्षतिपूर्ति सहितको आदेश गरेको थीयो।

मुद्दामा पिडितको तर्फबाट अधिवक्ता सुनिल कुमार श्रेष्ठ, बसन्त गौतम, बल बहादुर चन्द विश्वजित तिवारी र हिरा बहादुर श्रेष्ठ ले बहस गरेका थीए भने बिपक्षी नेपालगंज मेडिकल कलेज शिक्षण अस्पतालको तर्फबाट अधिबक्ता लोक बहादुर शाहले बहस गरेका थीए।

नेपालगंज २ घरबारीटोलका मनितलाल श्रेष्ठ ज्वरो आइ उपचारका लागि अस्पतालको इमर्जेन्सी वार्डमा गएकोमा उपचारमा लापरबाही गरि सिकारु बिद्धार्थी मार्फत मात्र उपचार गरिएको, समयमै उपचार नगरेको जस्ता कारणले गर्दा बिरामी मनितलाल श्रेष्ठको वार्डमै मृत्यु भएको थीयो। अदालतको फैसला संगै न्याय नमरेको र ढिलो भएपनि आफुहरुले न्याय पाएको मृतक मनितलाल श्रेष्ठ की श्रीमती नम्रता श्रेष्ठ ले बताउनु भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *