गगन पौडेल । नेपालगन्ज पौष १९ गते। नेपालगन्ज मेडिकल कलेजका कर्मचारीले गरेको साहसिक आन्दोलनको मर्म सरकारले बुझेको देखिएको छ । विगत २३ दिनदेखि आन्दोलनका कारण बन्द रहेको शिक्षण अस्पताल उच्च अदालतको अन्तरिम आदेशले आजैदेखि खुलाउने गरी कर्मचारी स्वयं ले अस्पताल प्रशासनलाई साँचो बुझाएका छन ।
यसैबीच नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निजि अस्पतालमा समेत सरकारी स्वास्थ्य कर्मी सरह नघट्ने गरी कर्मचारीलाई पारिश्रमिक तथा सेवा सुविधा दिनुपर्ने परिपत्र भएको थियो । सो परिपत्र कार्यान्वयन भए नभएको र उल्लेखित सुविधा दिए नदिएकोबारे सबै निजी अस्पतालहरुमा अनुगमन गरिने गरी अर्को पत्र पठाएको छ ।
यस खबरले निजी अस्पतालमा कार्यरत नर्सिङ तथा स्वास्थ्य कर्मचारीलाई हौसला बढेको छ भने सेवाको गुणस्तर बढनेछ भन्ने आँकलन गर्न सकिन्छ ।