काण्डै काण्डको देशमा दाइ भाउजुहरु कहिले तानिने ?

समाचार

गगन पाैडेल नेपालगन्ज: भष्ट्राचार बिरुद्धको अभियान भन्दै धेरै अभियान चल्ने गरेका छन। अझै एमाले अध्यक्ष केपी ओली प्रधनमन्त्री हुँदा भष्ट्राचार गर्दिनँ गर्न पनि दिन्न भन्ने नारा खुब प्रचलनमा आयो। जुनसुकै सरकारी कार्यालयमा जाँदा ‘भष्ट्राचार गर्दिनँ गर्न पनि दिन्न’ लेखेको बोर्ड देखिन्थ्यो।हाल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन ले अर्को नारा प्रचलनमा ल्याएका छन ‘ भष्ट्राचार गर्नु भनेको आमाको रगत खानु सरह हो ‘ नेपालमा भष्ट्राचार को जरो यसरी गाडेको छ यो निर्मूल पार्न निकै ठुलो पर्यत्न गर्नुपर्ने देखिन्छ।

हाल राजनीतिमा हाली मुहाली गरेका धेरै राजनीतिक दललाई भष्ट्रचारी लाई जोगाउने भूमिका खेलेको आरोप सधैं लाग्ने गरेको छ। चाहे ती कम्युनिस्ट या कांग्रेस दुवै धार कुनै न कुनै समय कालमा ठूला ठूला भष्ट्राचार का काण्डमा मुछिएका छन।

भ्रष्टाचारबारे छानविनमा तानिनु पर्नेहरु सतहमा आएका काण्डहरु

१) ओम्नी, टुकुचा, बतास काण्ड

२) क्यान्टेनमेन्ट घोटाला काण्ड

३) बुढीगण्डकी आयोजना नौ अर्ब घोटाला काण्ड

४) ललिता निवास काण्ड

५) पजेराे प्राडाे अनुदान काण्ड

६) लाउडा र ह्वाईटबढि काण्ड

७) बाख्रा कान्ड

८) सत्तरी करोड सेक्युरिटी प्रेस काण्ड

९) ढाई करोड कमानसिंह अडियो काण्ड

१०) सर्प पाल्ने कान्ड

११) नक्कली शरणार्थी कान्ड

१२) मेलम्ची सिक्टा भ्रष्टाचार काण्ड

१३) दुई करोड मन्त्री बन्न अडियो काण्ड

१४) पानी ट्याङ्की काण्ड

१५) ३३ किलो सुन कान्ड

१६)चिया बगान जग्गा कब्जा कान्ड

१७) एनसेल ७२ अर्ब काण्ड

१८) सांसद अपहरण काण्ड

यति धेरै भष्ट्राचार काण्डहरु छन।यदि निष्पक्ष छानबिन गर्ने हो भने हाल राजनीतिमा रहेका शीर्ष नेता सबै र दोस्रो तेस्रो दर्जाका अधिकांश नेता खोरमा जानै पर्छ। २०६४ मा गणतन्त्र ल्याए पश्चात १६ वर्षमा भएका यी ठूला ठूला भष्ट्राचारका काण्ड अझै पनि कतिपय नागरिकलाई अतो पतो छैन। यही नागरिकको सोझोपनको फाइदा राजनीतिक दल र तिनका नेताले उठाउदै आएका छन। राजनितिक दलका नेता, कर्मचाीतन्त्रलाई ढाड नसेके सम्म यस्ता काण्ड भइरहन्छन। नागरिक सचेत बनौं

Leave a Reply

Your email address will not be published. Required fields are marked *