पर्यटकको संग्रहालय “मगर्स किचन” ताला झुण्डिएपछि

समाचार

बुटवल: फिल्मी क्षेत्र र वैदेशिक जीवनका अनुभव संगाली सकेका व्यक्ति हुन् बुटवलका सञ्जय काउचा । शालिन स्वभाबका काउचा पुराना कुराहरुमा बढि रुचिकर छन् । परम्परागत मौलिक सभ्यता बोकेकोे कंक्रिट शहरको बिच भागमा केही समय अगाडि जन्मिएको छुट्टै पहिचान झल्किने आकर्षक एवं नयाँ पिँढीहरुको संग्राहालय, नयाँका लागि र बाह्य पर्यटकहरुको एउटा अध्ययन गन्तव्यको विगुल बोकेको बुटवलको “मगर्स किचन” पछिल्लो समय देशमा खट्किएको चरम आर्थिक मन्दीका कारण बन्द हुन पुगेको छ ।

सञ्चालनमा आएपछि छोटो समयमै चर्चामा आउन सफल किचनमा ताला लागेको हो । आर्थिक मन्दी मात्रै होइन स्थानीय तहको उदाशिनताका कारण तीन बर्षमै ताला लाग्न पुग्दा बुटवलको एउटा पर्यटकिय गन्तव्यमा कालो बादल लाग्न पुगेको छ । २०७६ साल फागुन २१ गते स्थापना भएको मगर्स किचनका सञ्चालक सञ्जय काउचाले आर्थिक मन्दीका कारण चलाउन नसकेर बन्द गर्न पुगेको बताएका छन् ।

बजारियाहरुका लागि नेपालको पहाडिया घर लगायत खानपान, रितीरिवाज लगायतलाई समेटिएको किचन बन्द भएपछि सञ्चालक काउचा पलायन हुने बाध्यतामा पुगेका छन्। उनी भन्छन्, पहिले विदेश बसेर आएको हुँ, अव नेपालमा नैै केही गर्छु भनेर, सोही अनुसार मौलिक पहिचानको गौरवलाई बचाई राख्नेगरी अगाडि बढे, तर जुन उद्देश्य बोकेर खोले त्यो अनुसार नभई ठिक उल्टो भएपछि स्थानीय तहलाई आधा स्वामित्व हुनेगरी समन्वय गर्न आग्रह गरे, प्रदेश सरकारलाई पनि अनुनय गरे तर विडम्वना दुवै सरकारले कुनै चासो नदिएपछि लकडाउनदेखि घाटा ब्यहोर्न पुग्दा ऋणमा फसे, अब चलाउन गाह्रो भयो । त्यसैले बन्द गर्न पुगेको हुँ ।किचनमा गाउँले मदुस, टेप रेकर्ड, मोही पार्ने ठेकी, मुवालो, भरुवा बन्दुक, सिरुपाते खुकुरी, ढिकी जाँतो, कोक्रो, ठुन्से जस्ता धेरै सामाग्रीहरुको सजावटले मगर किचेन जाने जो कोहीलाई विगतमा पहाडमा मेलापात गएको, खेतबारी खनजोत गरेको, रोदी बसेको झल्को दिलाउने बनाईएको छ।

शुरुमा ५४ लाख रुपैयाँ लगानीबाट सञ्चालन गरिएको मर्गस किचनलाई संरक्षण तथा प्रर्वद्धन गर्न तर्फ कुनै निकायले ध्यान नदिएपछि बन्द गर्नुको विकल्प नभएको काउचाको दुखेसो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *