काठमाडौँ: आफुहरुलाई जबरजस्ती बाल शैनिकको रुपमा युद्ध अपराधमा सामेल गराई अयोग्य प्रमाणित गरि निकालेको तथा अनाहकमा युद्धमा लगाएको भन्दै पूर्व बाल शैनिक लेनिन बिस्ट सहित ९ जनाले बिपक्षि हरुलाई कडा भन्दा कडा कारबाही हुनुपर्ने माग राख्दै सर्बोच्च अदालतमा दर्ता गरेको रिट निबेदन उपर सुनुवाई गर्दै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले उक्त रिटमा प्रधानमन्त्री प्रचण्ड, बाबुराम भट्टराई लगाएतलाई कारण देखाऊ आदेश जारी गर्दै मुद्दालाई अग्राधिकार दिने आदेश गरेको छ ।