बाँके अटो मोबाइल्स एशोसियसन बाँके द्वारा संयुक्त मर्जर कार्यक्रम सम्पन्न

समाचार

नेपालगंज: तीनवटा अटो मोबाइल्स एसोसिएसन ले एक कार्यक्रम गरि मर्जर लाई अन्तिम टुंगो दीएका छन। मध्य तथा सुदूरपश्चिम अटो मोबाइल्स एसोसिएसन नेपाल, बाँके अटो मोबाइल्स एसोसिएसन नेपालगंज र बाँके अटो मोबाइल्स डिलर एसोसिएसन बीच बृहत छलफल गरि तिनवटै एसोसिएसनका पदादिकारी हरुको उपस्थतीमा एकीकृत गरि एउटा बलियो संगठनका रुपमा अगाडी बढाउने उदेश्य का साथ गत श्रावण सात गते बाँके अटो मोबाइल्स एशोसियसन नाम दीई नया कार्यसमिति गठन गरेकोमा आज सो कार्यलाई अन्तिम टुंगो लगाईएको हो ।

लायन्स पार्क गाभर मा मर्जर सम्बन्धि कार्यक्रम तदर्थ समितिका अध्यक्ष् नरेन्द्र बहादुर वली को अध्यक्षता प्रमुख अथिति नेपालगंज उद्योग बाणिज्य संघ का नव निर्बाचित सदस्य, पेट्रोलियम डिलर एसोसिएसन का महासचिब तथा बाँके अटो मोबाइल्स एशोसियसन बाँके का वरिष्ठ सल्लाहकार किशन गुरुङ, सस्था का उपाध्यक्ष रबिन्शन श्रेष्ठ, सबिन घिमिरे तथा सुर्यमणि अधिकारी को आथित्यता एबम सस्थाका महासचिब जगिदिश भट्ट ले कार्यक्रम संचालन गरेका थीए।

कार्यक्रममा बोल्ने वक्ताहरुले बिशेस अटोमोबाइल क्षेत्र राज्यलाई सबैभन्दा ठुलो धनराशी कर बुझाउने तर राज्यले सधै सौतेली व्यवहार गरेको प्रति असन्तुस्टी ब्यक्त गर्दै अब एकीकृत भएको एस संगठन ले सुतिरहेको राज्यलाई ब्युताउनु पर्नेमा जोड दिए।कार्यक्रम को समापनमा बोल्दै अध्यक्ष् वली ले कोभिड पछि को अप्ठ्यारो अबस्थामा समेत बैंक ब्याज को ज्याजती अत्याधिक भएको, तिनै तहका सरकार अटो मोबाइल्स ब्यबसायी प्रति सदैब झड्केलो व्यवहार गरेको हुदा ब्यबसायी मारमा परेको भन्दै अब सबै संगठित भएर सरकारलाई दबाब दिनुपर्ने बताए। हालसालै अबैध रुपमा भित्रिएका दुई पांग्रे गाडीको बिषयमा जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको जानकारी दीदै उपस्थित सबै अटोमोबाइल ब्यबसायी हरुलाई धन्यवाद ब्यक्त गरे ।

https://youtu.be/ciFrw9MrEOE?si=TLxo-2hN_lvAAI82

Leave a Reply

Your email address will not be published. Required fields are marked *