अटो रिक्सा नियन्त्रणमा लिईएको बिरोधमा व्यवसायी द्वारा नगरपालिका परिसरमा नाराबाजी

समाचार

नेपालगन्ज – नेपालगन्ज उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, ट्राफिक कार्यालयको संयुक्त पहलमा रातो प्लेट नम्बर भएका अटो रिक्सालाई नियन्त्रणमा लिएपछि रिक्सा चालकहरु आन्दोलित भएका छन् ।

बिहीबार नेपालगन्ज उपमहानगरपालिका हाता भित्र स्थानीय सरकार मुर्दावाद, गठवन्धन सरकार मुर्दावाद, मेयर र उपमेयर भाग्न पाइदैन जस्ता नारावाजी गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयले नियन्त्रणमा लिएको रिक्सा विनाशर्त छोड्नु पर्ने, पहिला देखिको तिर्नुपर्ने राजश्व छुट गर्नुपर्ने, कर तिर्नको लागि समयसीमा दिइनुपर्ने माग उनीहरुको रहेको छ ।

उनीहरुको मागलाई सम्बोधन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टले सम्पूर्ण रिक्सावाला कालो नम्बर प्लेट बनाउनुपर्ने, रुट निर्धारण गरेपछि सोही अनुसार सञ्चालनमा ल्याउनुपर्ने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *