नेपालगंज: विद्युत प्राधिकरण नेपालगंज द्वारा बाँके जिल्ला अदालत अगाडी का 16 वटा रुख स्थानीय सरकार र जिल्ला बन कार्यालय सँग कुनै समन्वय नगरी धमा धम काटे पछि नेपालगंज उपमहानगरपालिका का मेयर प्रशान्त विष्ट आक्रोशित भएका छन।
आज जिल्ला प्रहरी कार्यालयमा विद्युत प्राधिकरणका कर्मचारी विरुद्ध किटानी जाहेरी दर्ता गराउँदै भने “विद्युत प्राधिकरणका कर्मचारी ले उपमहानगरपालिका ले संरक्षण गरी हुर्काएका रुख काट्नु, सार्वजनिक सम्पति को तोडफोड र तहसनहस गरिनु भनेको सार्वजनिक अपराध हो तसर्थ विद्युत प्राधिकरणका कर्मचारी विरुद्ध अपराधिक उपद्रको जाहेरी दर्ता गराएका छौ”
प्रहरीको मा मात्र नभएर बन कार्यालयमा समेत मुद्दा दर्ता गराउने मेयर विष्ट ले बताए।
शनिवार दिउँसो विद्युत प्राधिकरणका कर्मचारीले रुखका हाँगा ले तार छुन लागेको हुँदा सुरक्षाको दृष्टि ले रुख कटान गरेको दाबी गरेको छ।रुख कटान हुनासाथ उपमहानगरपालिका का मेयर विष्ट र प्रमुख जिल्ला अधिकरी श्रवण कुमार पोख्रेल सहित क्लिन नेपालगंज ग्रीन नेपालगंजका प्रतिनिधि तथा हरित अभियन्ता हेमन्त राज काफ्ले लगायत ले समयुक्त रूपमा अवलोकन गरेका थिए।