व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिती द्वारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

आर्थिक समाचार

नेपालगन्ज: सरकार र राष्ट्र वैंक को कर नीति एबम मनोमानी विरुद्ध आन्दोलन गरिरहेको व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समिति बाँके/बर्दिया ले आज पत्रकार सम्मेलन गरी चरणबद्ध रूपमा थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ।
नेपालगंज उद्योग वाणिज्य संघको सभाहलमा अध्यक्ष टंक धामीको अध्यक्षता मा हालसम्म सम्पन्न भएका संघर्षका कार्यक्रम, पाँच हजार एक जनाको मुल समिति र एकाउन्न सदस्यीय सचिवालय समिति गठन भएको जानकारी सञ्चारकर्मी लाई दिएको छ।

https://youtu.be/7ExCAFbZot4?si=lRUJ9hfrVNhI8C3e


मंसिर २९ गते जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुमा आन्दोलन तयारी को लागि छलफल भेटघाट गर्ने, पौष ५ गते राष्ट्र वैंक,जिल्ला प्रशासन कार्यालय, भन्सार कार्यालय, वाणिज्य बैंक तथा सरोकारवाला निकाय का बीच व्यवसाय तथा व्यवसायीक उत्थानका लागि Talkshow कार्यक्रम गर्ने, व्यवसायीक आमसभा पूर्व कोहलपुर, बाँसगढी र गुलरिया क्षेत्र मा व्यवसायीक कोणसभा गर्ने, पौष ७ गते नेपालगंज धम्बोझी चोक मा बृहत व्यवसायीक आमसभा गर्ने जस्ता चारणबद्ध कार्यक्रम घोषणा गरेको छ।

https://youtu.be/HDZmwWOalDA?si=Z-MBDdXYVj6_R46i


उल्लेखित विरोधका कार्यक्रम गर्दा समेत नेपाल सरकार र सरोकारवाला निकायले माग सम्बोधन नगरेको अवस्थामा आफ्ना आफ्ना उद्योग ब्यवसाय पूर्ण रूपमा बन्द गरी सरकारलाई चाबी बुझाइ कडा आन्दोलन गर्ने अध्यक्ष टंक धामीले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *