शुसासन र रोजगारी मुलुकको प्राथमिकता हुनुपर्छ-घनश्याम भुसाल

समाचार

बुटवल: नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुकले अहिले सुशासन र रोजगारी खोजेको बताएका छन्। मुलुकले अहिले शुसासन र रोजगारी खोजेको छ तर, त्यसो हुन नसक्दा मुलुकको विकास र समृद्धि हुन सकेन भुसालले भने।

पार्टी सिद्धार्थनगर नगर कमिटी, रुपन्देहीको प्रथम अधिवेशन उद्घाटन गर्दै महासचिव भुसालले राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति मौलाउदा मुलुकले दुःख पाइरहेको बताए।
भ्रष्टाचारले रोजगारी सिर्जना, उद्योग, व्यवसाय, कृषि र उत्पादन क्षेत्रको विकास हुन दिदैन हामी त्यसैमा फसेका छौं उनले भने।

भुसालले सही नेतृत्व र विचार भएको पार्टी आवश्यक रहेको बताउदै विचारको हिसाबले समाजवादी ठीक ठाउमा रहेको र अब ठूलो पार्टी बनाउनुतर्फ लाग्नुपर्ने बताए। 

पार्टीका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश सभा सदस्य भगवती घिमिरेले मुलुकमा भएका साधन स्रोतको सदुपयोग हुन नसकेको बताईन्। उनले राजनीतिमा सक्षम नेतृत्व नभए गन्तव्यमा पुग्न नसकिने बताईन्।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज उमा काफ्ले, तथा बाबुलाल यादव,  लुम्बिनी प्रदेश सचिवालय सदस्य कमल भण्डारी, प्रदेश सदस्य आनन्द प्रसाद गुप्ता, रुपन्देही जिल्ला कार्यवाहक अध्यक्ष श्रीराम यादव लगायतले भनाई राखेका थिए। 

Leave a Reply

Your email address will not be published. Required fields are marked *