बुटवल: साइन रेसुङ्गा डेभलपमेण्ट बैङ्कमा कार्यरत कर्मचारी बुटवल फूलबारीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन ।
इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख दानबहादुर थापाका अनुसार बुटवलको फूलबारीस्थित मणिमुकुन्द सेन उद्यानको रुखमा प्रकाश शर्मा आज झुण्डिएको अवस्थामा बिहान फेला परेका हुन ।
फुलवारिको एक रेष्टुरेन्टमा खाजा नास्ता खाएका शर्मा केही बेरपछि पार्कको एकान्त स्थानमा रहेको रुखमा पासो लगाएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । प्रहरी घटना स्थल पुगेर अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी प्रमुख थापाले बताए । शर्मा बुटवलको ट्राफिक चोकमा रहेको बैङ्कको कर्जा शाखामा कार्यरत थिए ।