नीति तथा कार्यक्रममाथि ठुलो संख्यामा संसोधन प्रस्ताब दर्ता

समाचार

गगन पौडेल काठमाडौँ: प्रतिपक्षमा रहेको ठुलो राजनीतिक दल नेकपा एमालेको कडा आलोचना खेप्दै सरकारले पेस गरेको नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममाथि  प्रतिनिधि सभाका २० सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन। सभामुख देवराज घिमिरेले आजको संसद बैठकमा नीति तथा कार्यक्रमका विभिन्न बुँदामा २० जना संसद बाट संसोधन प्रस्ताब सहितको सूचना दर्ता भएको जानकारी गराएका थिए।

राष्ट्रिय स्वतन्त्र पार्टीका संसद सोबिता गौतम, सुमना श्रेष्ठ र चन्दा कार्की ले  संशोधन प्रस्ताव दर्ता गरेका छन्। तेस्तै सत्तारुढ दल नेपाली कांग्रेसका तर्फबाट सांसद दिलेन्द्रप्रसाद बडु र श्यामकुमार घिमिरे ले संशोधन प्रस्ताव दर्ता गरेका छन।

संसदमा रहेको ठुलो प्रमुख प्रतिपक्षी दल नेकपा एमाले को तर्फ बाट सूर्यबहादुर थापा क्षेत्री ,एकनाथ ढकाल, ज्वालाकुमारी साह,बासुदेव घिमिरे, जुलीकुमारी महतो, नारायणप्रसाद आचार्य, भगवती चौधरी, दयालबहादुर शाही, दामोदर पौडेल वैरागी, सूर्यप्रसाद ढकाल र महेशकुमार बर्तौला ले संशोधन प्रस्ताव राखेका हुन। तेस्तै गरि नेपाल मजदुर किसन पार्टीका संसद प्रेम सुवाल, लोकतान्त्रिक समाजबादी पार्टी का रामप्रकाश चौधरी, राष्ट्रिय जनमोर्चाका चित्रबहादुर के सी,नागरिक उन्मुक्ति पार्टी का गङ्गाराम चौधरी ले नीति तथा कार्यक्रम का विभिन्न बुँदामाथि संशोधन प्रस्ताव दर्ता गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *