नेपाल भारत बिद्धुत व्यापार सम्झौता हुँदै, नेपालबाट १० हजार मेगावट विद्युत खरिद गर्ने

आर्थिक

नेपाल र भारतविच २५ वर्षे विद्युत व्यापार सम्झौता हुने भएको छ। हाल नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन्। सोहि दौरान नेपाल र भारतविच विद्युत व्यापार सम्झौता हुन लागेको हो।

केहि समय अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भारत भ्रमणमा गत जेठ १७ गते नेपाल र भारतबीच २५ वर्षका लागि भारतसँग विद्युत् व्यापारको प्रारम्भिक सम्झौतामा हस्ताक्षर भएको थियो। विदेशमन्त्री जयशंकरको भ्रमणको क्रममा ऊर्जा सचिव गोपालप्रसाद सिग्देल र भारतीय ऊर्जा सचिव पंकज अग्रवालले सम्झौता पत्रमा हस्ताक्षर गर्ने बताइएको छ।

सो सम्झौतामा आगामी १० वर्षभित्र भारतले नेपालबाट १० हजार मेगावाट विद्युत् खरिद गर्ने उल्लेख छ। यस सम्झौतापछि नेपाललाई विद्युत निर्यातको लागि बाटो खुल्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *