सहकारी वित्तीय विकास संस्था-रकम अपचलनमा १९ जनालाई कैद सजाय

आर्थिक

नेपालगंज: सहकारीमा राखेको निक्षेपकर्ताको बचत रकम अपचलन मुद्दामा १९ जनालाई एक वर्षदेखि ५ वर्ष कैद सजाय तोकिएको छ न्यायाधीश इन्द्रबहादुर कठायतको एकल इजलासले हरदेवबक्स चौधरी, अमरबहादुर खड्का, गंगाधर सुवेदी, गोपाल भण्डारी, अरुणकुमार पाठक, सूर्यबहादुर विक, लिलाप्रसाद वली, सुरतराम खटिक र किरण श्रेष्ठलाई पाँच वर्ष कैद र पचास हजार जरिवाना तोकेको छ ।

रकम अपचलनमा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुणकुमार पाठकबाट २४ करोड ९१ लाख बिगो, प्रमुख प्रबन्धक भण्डारीबाट ४ करोड ४८ लाख ९ सय ५९ रुपैयाँ बिगो तथ सुवेदीबाट २ करोड ८३ लाख ७३ हजार २ सय ९५ रुपैयाँ बिगो भराउन आदेश दिएको छ । यस्तै गौरवकुमार श्रेष्ठ र बलराम यादवलाई चार वर्ष कैद र चालिस हजार जरिवाना तथा रविन्द्र थापालाई तीन वर्ष कैद र पचास हजार जरिवाना, सिद्धिकुमार महर्जनलाई दुई वर्ष ६ महिना कैद र पचास हजार जरिवाना, तुषार शाह र ओमप्रकाश चौधरीलाई दुई वर्ष कैद र पचास हजार जरिवाना, शारदाकुमारी थापा मगर, रविन्द्र थापा, स्थिरमणि बज्राचार्य, सन्दीप शर्मा र लिला शाहलाई एक वर्ष कैद र पचास हजार जरिवाना तोकिएको जिल्ला अदालत बाँकेले जनाएको छ ।

रकम हिनामिनाको मुद्दामा ४१ जनालाई प्रतिवादी बनाइएको थियो । ३८ करोड अपचलन मुद्दामा अरुले सफाई पाएका छन् । ७ जना कारागारमा छन् । ११ हजार ४ सय ८ जना निक्षेपकर्ता रहेको उक्त सहकारीमा ठूलो रकम हिनामिना भएपछि निक्षेपकर्ताले २०७६ असोजमा मुद्दा दायर गरेका थिए । चार वर्षपछि अदालतले फैसला सुनाएको हो । बचतकर्ताहरुले जम्मा गरेको ३८ करोड हिनामिना भएपछि सहकारी वित्ती विकास संस्था २०७६ असोजदेखि बन्द छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *