अदालतको अवहेलना मुद्दामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ

समाचार

अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सफाइ दिएको छ ।

न्यायाधीशद्वय ईश्वरप्रसाद खतिवडा र कुमार रेग्मीको इजलासले शुक्रबार निर्णय सुनाउँदै दाबी नपुग्ने फैसला गरेको अदालतका सूचना अधिकारी गोबिन्दप्रसाद घिमिरेले जानकारी दिएका छन् ।​ द्वन्द्वकालीन मुद्दाका विषयमा अदालतको फैसलालाई लिएर गरेको टिप्पणीपछि २०७३ जेठ १२ गते प्रचण्डविरुद्ध मुद्दा दर्ता गरिएको थियो ।

गोरखाका कृष्णप्रसाद अधिकारीको हत्याको अनुसन्धान गर्न सर्वोच्चले आदेश दिएपछि माओवादी केन्द्रका अध्यक्ष रहेका प्रचण्डले आफ्ना पार्टीका नेताहरूलाई चुनाव लड्न नदिने षड्यन्त्र भन्दै द्वन्द्वकालका मुद्दा ब्यूँताए विद्रोह गर्ने चेतावनी दिएका थिए ।

यो मुद्दामा उनले लिखित जवाफसमेत अदालतलाई बुझाएका थिए। लिखित जवाफमा उनले आफूले अदालतको अवहेलना नगरेको र संक्रमणकालीन न्यायको विषय अदालतबाट नभइ अन्य संयन्त्रबाट टुङ्गो लाग्नुपर्ने भनेको बताउँदै प्रचण्डले रिट खारेज हुनुपर्ने जिकिर गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *